२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियाली सीमाक्षेत्रको १० वटा सुरक्षा पोष्ट हटाउने

५ भाद्र २०७५, मंगलवार ११:५३

भदौ ५, सिओल | दक्षिण कोरियाका रक्षामन्त्री सोङ योङ–मूले कोरियाली सीमाक्षेत्रमा रहेका दशवटा सुरक्षा पोष्ट परीक्षणका रुपमा हटाउने बताउनुभएको छ । गत अप्रिलमा अन्तर–कोरियाली शिखर बैठकमा भएको असैनिक क्षेत्रलाई “शान्ति क्षेत्र” का रुपमा रुपान्तरण गर्ने सहमति बमोजिम यो कदम चालिएको मन्त्री सोङले बताउनुभयो । 

दुवै मुलुकबीच रहेको सैनिक तनाब कम गर्ने र विश्वासको वातावरण निर्माण गर्ने उद्देश्यसहित एक उपायका अघि सारिएको यो कार्यक्रमको समयतालिका भने सार्वजनिक गरिएको छैन । दुई कोरियालाई छुट्याउने मध्यवर्ती क्षेत्रमा उत्तर कोरियाका तर्फबाट पनि यस्तै कदम चालिने अपेक्षा दक्षिणको छ । 

“हामी एक वा दुईवटा सुरक्षा पोष्ट तत्कालै हटाउँछौं, र त्यसपछि बाँकी हटाउँछौं,” संसदको प्रतिरक्षा समितिमा सोङले जानकारी गराउनुभयो । 

“दक्षिणले स्थापना गरेका सबैभन्दा नजिकका पोष्टहरु सीमाबाट ७०० मिटर भित्र छन् । हामी एक किलोमिटर भित्रका पोष्टहरु हटाउने तयारीमा छौं,” मन्त्री सोङले भन्नुभयो । 

गत महिना उच्च सैनिक नेतृत्वबीच भएको छलफलका क्रममा असैनिक क्षेत्रमा शान्तिपूर्ण अवस्था निर्माण गर्ने सहमति भएको थियो । उनीहरुबीच सुरक्षा पोष्टहरु हटाउँदै लैजाने, संयुक्त सुरक्षा क्षेत्रबाट हातहतियार हटाउने र विगतमा निधन भएका सैनिकको खोजी गर्ने पनि सहमति भएको थियो । 

सिओल र प्योङयाङले पछिल्ला समयमा धेरैवटा विश्वास निर्माणका उपायहरु अख्तियार गर्नुभएको छ । दुबै मुलुकबीच अहिले सैनिक सञ्चार च्यानल पूर्ण रुपमा खुला गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य