२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रम ओलीद्वारा आयुर्वेदिक चिकित्सालय भवन शिलान्यास

२०७५, ६ भाद्र बुधबार १०:४१

भदौ ६, दमक | प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कमल गाउँपालिका–७ मा निर्माण हुने आयुर्वेदिक चिकित्सालयको आज शिलान्यास गर्नुभएको छ । 

शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयबाट निर्माण हुनेसो चिकित्सालय ५० श्ययाको हुनेछ । 

प्रदेशस्तरीय सो आयुर्वेदिक चिकित्सालयमा दैनिक आकस्मिकसहित बहिरङ्ग सेवा, शल्यचिकित्सा कक्ष, सघन कक्ष, औषधालय, प्रयोगशाला सेवाजस्ता पूर्वाधार निर्माण हुने जनाइएको छ । 

चिकित्सालय भवन निर्माणका लागि त्यहाँका नौ दाताले संयुक्त रुपमा दुई बिघा जमीन निःशुल्क दिएका हुन् । प्रारम्भिक चरणमा घेराबेराका काम सम्पन्न भइसकेका छन् । डिभिजन कार्यालयका अनुसार करीब २२ महीनामा त्यहाँ सुविधासम्पन्न चिकित्सालय भवन निर्माण हुनेछ । भवन निर्माण पूरा गर्न रु १७ करोड २० लाख लाग्ने चिकित्सालयका रेखदेख समितिका संयोजक मणिकुमार भण्डारीले बताउनुभयो । 

निर्माणको जिम्मा पाएको दमकको रवीना खनाल जेभीका सञ्चालक प्रकाश केसीका अनुसार निर्धारित समयमा सम्झौतानुसार ७५ मिटर लम्बाइ र ४५ मिटर चौडाइको अढाइतले भवन निर्माण हुनेछ । प्रत्येक प्रदेशमा आयुर्वेद चिकित्सालय निर्माण गर्ने सरकारी योजनानुसार लखनपुरमा सुविधासम्पन्न चिकित्सालय बन्न लागेको र यसलाई आफूहरुले गाउँपालिकाको गौरवको योजनाका रुपमा लिएको गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो