२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

काँग्रेस भक्तपुरको उपसभापतिमा नेपाल मनोनीत

७ भाद्र २०७५, बिहीबार ०९:२६

भदौ ७, भक्तपुर | नेपाली काँग्रेस जिल्ला कार्यसमिति भक्तपुरको उपसभापतिमा हरिप्रसाद नेपाल मनोनीत हुनुभएको छ । 

कार्यसमितिको आज सम्पन्न १६ औँ बैठकले निर्वाचित जिल्ला सदस्य नेपालको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । बैठकले समितिको सचिवमा निशान ढुङ्गेल र सहसचिवमा किरण न्यौपानेको नाम सर्वसम्मत अनुमोदन गरेको नवनियुक्त सहसचिव न्यौपानेले जानकारी दिनुभयो । जिल्ला सभापति दुर्लभ थापाले ती नाम अनुमोदनका लागि प्रस्ताव गर्नुभएको थियो । 

जिल्ला सभापति थापाले दिलकृण्ण प्रजापति, गजेन्द्रशङ्कर तिमिला र विनोदप्रसाद कुइँकेललाई जिल्ला सदस्यमा मनोनयन गर्नुभएको छ । यसअघि रवीन्द्र प्रधान, सुशील बस्नेत र दयामान कर्माचार्य जिल्ला सदस्य हुनुभएको थियो । सभापति थापाले महासमिति सदस्य गणेशमान चक्रधर, बाबुराजा जोशी, रामेश्वरप्रसाद ढुङ्गेल, मदनकृष्ण श्रेष्ठ, रजनी जोन्छेंलगायतलाई स्थायी आमन्त्रित जिल्ला सदस्यमा मनोनयन गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य