2026-07-25 03:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इन्डोनेसियामा भूकम्पबाट मर्नेको संख्या ५५५ पुग्यो

भदौ ८, जकार्ता | इन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा गएको शक्तिशाली भूकम्पबाट मृत्यु हुनको संख्या ५५५ पुगेको छ । साथै यस भूकम्पमा परी करिब एक हजार ५०० घाइते भएका छन् भने लाखौ व्यक्ति घरवारबिहिन भएका छन् । 

विदा मनाउनको लागि प्रख्यात बाली र सुन्दर स्थल लोम्बोकका जुलाई २९ र अगष्ट ५ मा शक्तिशाली भूकम्प गएको थियो । गत अगष्ट ५ आइतबारका दिन गएको यस भूकम्प ६.९ म्याग्नीच्युडको मापन गरिएको थियो । 

देशको उत्तर भागमा रहेको लोम्बोक र छिमेकमा पर्ने प्रान्त सुम्बावा यस भूकम्पबाट अत्यन्त प्रभावित भएको थियो । यसै क्षेत्रका धेरै व्यक्तिहरु मारिएका इन्डोनेसिया प्रकोप नियन्त्रण विभागले जनाएको छ । सो भूकम्पमा परी मारिएका व्यक्तिहरुका प्रायःजसो भवन भग्नावशेषमा पुरिएका थिए । 

भूकम्पको त्रासको कारण अझै पनि तीन लाख ९० हजार व्यक्ति विस्थापित रहेका प्रकोप नियन्त्रण निकायले जानकारी दिएको छ । भूकम्पका कारण लोम्बोकमा विद्युत सेवा अबरुद्ध हुनुका साथै ठाउँठाउँमा पहिरो गएको छ । आवासीय र कार्यालय भवनमा ठूलो क्षति पुगेको बताइएको छ । बेलाबेला आइरहने परकम्पका कारण स्थानीयबासीमा त्रास छाएकाले अझै पनि उनीहरु घरभित्र बस्न सकेका छैनन् ।

केही साताको अन्तरालमा लोम्बोकमा एकपछि अर्को शक्तिशाली भूकम्प गएपछि त्यहाँ ठूलो जनधनको क्षति भएको हो । 

यी शक्तिशाली भूकम्पबाट करिब ५५५ मानिसको मृत्यु भइसकेको छ । अधिकारीले यो सङ्ख्या अरु बढ्न पनि सक्ने बताएका छन् । दुई साता अघिकै भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या बढिरहेका बेला गत अगष्ट १९ आइतबार फेरि अर्को शक्तिशाली भूकम्प गएको थियो । 

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)का अनुसार आइतबार साँझ गएको पहिलो भूकम्प ६.९ म्याग्नीच्यूडको थियो । त्यस्तै आइतबारै साँझ अर्को परकम्प ६.३ र ५.४ म्याग्नीच्यूडका गएका थिए । यी सबै भूकम्प लोम्बोक द्वीपको उत्तरपूर्वमा केन्द्रित भएका थिए । 

सन् २००४ डिसेम्बरमा पनि इन्डोनेसियाको सुमात्रामा ९.१ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको र त्यसबाट सिर्जित सुनामीबाट एक दर्जन मुलुकका तटीय क्षेत्रका दुई लाख ३० हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक