भिम लामा | विगत र आज निकै परिर्वतित भइसकेको छ । समयको गति परिवर्तनसंगै नेपालमा सामाजिक तथा राजनीतिक घटनाक्रम र सरकारको दैनिकीमा पनि केही फरक आउन थालेको छ । वर्तम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भिम लामा | विगत र आज निकै परिर्वतित भइसकेको छ । समयको गति परिवर्तनसंगै नेपालमा सामाजिक तथा राजनीतिक घटनाक्रम र सरकारको दैनिकीमा पनि केही फरक आउन थालेको छ । वर्तम"/>
२३ चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘अपराध र भ्रष्ट्रचारी मौलाएको मेरो देश’

९ भाद्र २०७५, शनिबार ०३:१३

भिम लामा | विगत र आज निकै परिर्वतित भइसकेको छ । समयको गति परिवर्तनसंगै नेपालमा सामाजिक तथा राजनीतिक घटनाक्रम र सरकारको दैनिकीमा पनि केही फरक आउन थालेको छ । वर्तमान सरकार पनि राष्ट्रिय समृद्धिको नारा बोकी शासन सत्ता हाँकीरहेका छन् । रुपान्तरित संविधान सभाबाट प्राप्त संविधानको कार्यन्वयसंगै मूलुकमा संघीय संरचना निर्माण भएको छ । जसअनुरुप स्थानीय तह, प्रदेश र प्रतिनिधि गरी तीन तहमा विभाजित छ । सोही संरचनाले एक खालको अवसर सिर्जना गरिरहेका छन् भने अर्कोतर्फ चुनौति पनि बढ्दै गएको छ । संविधानमा मौलिक हक अधिकार, र सामाजिक न्यायका पक्षमा विभिन्न कानुन निर्माण भएका छन् तर बिडम्बना केही शोषकहरुले कानुनको धज्जी उडाउँदै मोलतोलको हिस्सा बनाईराखेका छन् । 

सामाजिक सुरक्षाको सवालमा राज्यले विभिन्न खाले कानुन निर्माण गरे । कानुनकै जगमा उभिएर केही अपराधिक गतिविधिमा संलग्नलाई नियन्त्रण गर्ने हतकण्ठ अपनाए तर केही घटनालाई राजनीतिक शक्ति र पैसाको आडमा कानुनको व्यापार गर्नेहरुको कारण यत्तिकै विलाय हुने र राज्यको संयन्त्रलाई नै कमजोर तुल्याउने चेष्ट गरिरहेको छ । यस्तै परिस्थितिले गुज्रिएको हाम्रो समाजमा हत्या, हिंसा, लुटपाट र बलात्कारका घटनाहरु दिनप्रतिदिन बढ्दै गएको छ, यसको नियन्त्रणमा कस्को जिम्मेवारी रहन्छ ? यही प्रश्न जनजनमा उब्जिएको छ । राज्यका सुरक्षा संयन्त्र र गृह मन्त्रालय कहाँ चुकियो ? किन अपराधीलाई कानुनको कठघारमा ल्याउन सकिरहेको छैन ? यो गम्भीर विषय बनेको छ । शासकहरुले कानुन बनाउँदा आफु अनुकुल हुने र सजायको व्यवस्थामा पैसा दिएर अपराधि निस्किन सक्ने कानुन मात्रै बनाउँने ? या त्यसलाई परिमार्जित गरेर नयाँ रुपमा लैजाने ? गत असार २० गते काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा ९ वर्षकी किशोरीको बलात्कारपछि हत्या भयो, त्यही प्रकृतिको घटना पुनः कन्चनपुरमा दोहोरियो । यस्तै घटनाहरुले त्रसित बन्दै गएको नेपाली समाज कहिलेसम्म सुरक्षाको प्रत्यभूतिको पखाईमा बस्ने ? १३ वर्षकी किशोरीको बलात्कारपछि हत्या गरिएको कन्चरपुरको घटना पछिल्लो समयमा सदनमा समेत पुगेको छ । अपराधीलाई कानुनको दायरामा ल्याएर कारबाही गर्न र पीडित परिवारलाई क्षतिपूर्ति दिन सांसदहरुको माग छ । स्थानीयद्वारा बलात्कारीलाई कारबाहीको माग गर्दै आवाज उठाइरहँदासम्म सम्बन्धित निकाय भने अझै दोषी पक्राउन सकिरहेका छैनन् । पक्रियो त स्थानीय र पीडित परिवारकै अनुसार मानसीक सन्तुलन घुमेका सोझा मान्छेलाई । यसै विषयलाई लिएर यतिखेर कन्चनपुर तातिरहेको छ । वास्तविक अपराधिलाई नपक्रेको भन्दै दिनदिनै आन्दोलनमा उत्रिएका छन् । न्याय माग्नकै लागि आन्दोलनमा रहेका कतिपय स्थानीयहरु त प्रहरीको हस्तक्षेपमा घाइतेसमेत भएका छन् । 

समाज यस्ता घटना कति गुमनामै छ, यसबारे सजकता अपनाउन महिला तथा बालबालिकासंग सम्बन्धित गैरसकारी संस्था तथा सरकारी निकायहरु पनि प्रशस्तै खोलिएका छन् । ती संघसंस्थाहरु त्यस प्रकारका कार्यक्रमको शीर्षक बनाएर राज्य कोषको रकम सिध्याउने बाहेक अरु कुनै नौलो कार्य सम्पादन गर्न सकेका छैनन् । राज्यकोषको रकम दूरुपयोग गरेर महिंला हिंसा न्यूनिकरणका नाममा बजेट पचाउनेहरुको विगबिकी बढ्दै छ, तर हिंसा भने झनै बढ्दै गएको छ । यसबारेमा पनि सम्बन्धित निकाय छानविनको लागि सिघ्र कदम चाल्नु आवश्यक छ । महिला अधिकारका आवाज उठाउन र मानव अधिकारका बारेमा बोल्न रुचाउनेहरु सहरका महंगा–महंगा होटलहरुमा सेमिनर गर्दै लाखौं रकम ज्वाम पार्छन् । तीनीहरुलाई ती दुर्गम ठाउँका छोरीचेलीमाथी भएको अन्याय र पिडाको बारेमा के थाहा ? यस्तै अनियन्त्रित गतिविधिहरुले पनि महिलाहरुको अधिकार अन्यौलमा पारेका छन् । कानुन, नीति निर्माणका लागि स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभा आईपुग्दा पुरुषको हराहारीमा महिलाको प्रतिनिधित्व भएका छन् । तर ती महिला नै किन हिंसाको सिकार बनेका छन् ? कहाँनिर चुकियो महिला सांसद र कानुन निर्माताहरु ? किन महिला हिंसा न्यूणिकरणका कदममा असफल बन्दै गएको छ ? महिला सांसदहरु कहाँ  चुक्नुभयो ? गौण रुपमा अध्ययन गर्ने समय आईसकेको छ । यसबारेमा ध्यान पुग्न जरुरी छ । 

महिला अधिकारकै कुरा गर्ने हो भने दक्षिण एसियमै दोस्रो मुलुकको रुपमा नेपाल महिला अधिकारको कानुनको पक्षमा अग्रणी छ । तर अधिकारकै लागि लडिएका र भनिएका महिला अधिकारकर्मी तथा सांसदहरु कानुन कार्यन्वयनको पक्षमा भने कमजोरी देखिन्छ । नेपालको वर्तमान न्यायिक क्षेत्र त्यस्तै दुर्गन्धित बन्दै गएका छ । जहाँ अपराधि, भ्रष्ट्रचारी र लुटपाटमा संलग्नहरुलाई पैसा र राजनीतिक शक्तिकै आडमा सामान्य तारिखमा छाड्ने र मुद्धलाई कमजोर बनाउने खेल सुरुदेखि नै गरिरहेको र गराईरहेको छ । केही समयपछि सबै मुद्ध तुहाउने कार्य गर्दै आएको तपाई हाम्रो आँखाको अगाडी छर्लाङ्गा छ । जबसम्म कानुनी न्यायिक क्षेत्र राजनीति र ठूला रकमको चंकुलबाट मुक्त हुन सक्दैन तबसम्म न्याय क्षेत्र स्वतन्त्र र स्वच्छ बन्न सक्छ भन्ने कल्पना पनि गर्न मुस्किल छ । यसबाट देशव्यापी रुपमा भ्रष्ट्रचारीहरु बढ्नु स्वभाविकै छ यो तपाई हाम्रो अगाडी जगजहेरै छ । 

यहाँ न्यायालयको वेथिति बारे केही प्रश्न गरियो भने जेलसम्म जानुपर्ने डर हुन्छ । त्यही चेतनाका अभाव र डरकै कारण अझै आम नागरिक न्यायिक क्षेत्रको सूचना पाउने मौलिक हकबाट बञ्जित बन्न बाध्य छन् । सूचनाकै अभावमा ओझेलमा परिएका सर्वसाधारणलाई मौकाको चौका हान्दै विभिन्न बहानाबाजी गरि राज्य निकायबाट पाउने निःशुल्क सेवालाई नै रकम असुल्दै केही व्यक्तिहरुले व्यापारको थलो बनाइराखेको छ । स्वच्छ, पारदर्शीता, निष्पक्ष र जवाफदेहिताको खडेरीमा भ्रष्ट्रचारको संख्या बढेको छ । नागरिकको मौलिक हकलाई सुनिश्चित गर्न नसक्दा सरकारी निकायहरु कमजोर बनेको अनुभूति हुन्छ । कमजोर व्यवस्थापनले गर्दा नै हाम्रो समाज र सेवा प्रदायक भनिने ठाउँहरुमा ठूलै अनिमियतता तर्फ अग्रसर हुदै गएको छ । हरेक सार्वजनिक जनचासोका विषयमा आम नागरिकले सरल र सहज तरिकाले सूचना प्राप्त गर्न पाउनुपर्दछ त्यसका लागि सम्बन्धित निकाय जिम्मेवार बन्नु पर्ने हुन्छ,  यसबारे आम नागरिकले पनि सचेत भई खबरदारी गर्नु आवश्यक रहन्छ । त्यस प्रकारको अनिमियता रोक्न तथा अनुगमन गर्न सकिएन भने देशमा भ्रष्ट्रचारीहरु मौलाउने बाहेक केही परिवर्तन हुनेछैन् यसबारे समयमै सचेत हुन जरुरी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एम्बुलेन्सबाट लागुऔषध ओसार-पसार, ९४ हजार ट्रामाडोल बरामद आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो सुनचाँदीको मूल्य एकैदिन धेरै अन्तरले घट्यो अमेरिकामा छोराले गोली हानेर मारे आफ्नै आमा आज सागसब्जी र फलफूलको मूल्य कति छ ?