2026-07-25 01:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कञ्चनपुर घटना नसेलाउँदै फेरी अर्की १४ वर्षीय वालिका झाडीमा मृत फेला

प्रेम सुनार | भदौ ९, बुटवल |  कञ्चनपुरमा  १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि  हत्याको घटना नसेलाउँदै यता पोखरमा १४ वर्षिया वालिका पुष्पा केसी घरबाट हराएको तीनदिन पछि मृत फेला परेकी छन । बिहिबारदेखि हराइरहेकी पोखरा– १९ लामौचारकी  वालिका केसीको शव  सोही वडाको फापरतरोको झाडीमा फेला परेको वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक दुर्गाप्रसाद श्रेष्ठले जानकारी दिए । उनले घटनाको अनुसन्धान भई रहेको बताए । उनि  शुक्रबार साँझ मृत फेला परेको प्रहरीकी हुन ।   

विद्यालयको बसले करिब साढे ४ बजे छाडेपनि उनी घर पुगेकी थिइनन्। बिहीबार साँझबाटै परिवार र स्थानीय र प्रहरीले उनको खोजी तिब्र पारेका थिए । उनको झोला भेटिएको स्थान र शव भेटिएको स्थान हेर्दा बलात्कार पछि हत्या हो कि भन्ने  आफन्तजनले आशंका गरेका छन ।  त्यस्तै कञ्चनपुरको भिमदत्त गाउँपालिकामा झण्डै एक महिना हुँदा पनि मृत फेला परेकी १३ वर्षिया वालिका निर्मला पन्तको घटना छानविनमा त्यहाँको प्रहरी प्रशासनले नौटङकी गरेको स्थानियले आरोप लगाउँदै आन्दोलन गरिरहेका छन । 

आन्दोलनका क्रममा एक जनाको प्रहरीको गोली लागेर ज्यान गएको छ भने कैयौं घाईते भएका छन । प्रहरीले महिलाबाट सधै भाग्ने , डराउने गरेका एक जना मानसिक सन्तुलन ठिक नभएको ब्यक्तिलाई बलात्कार पछि हत्या गरेको भन्दै सार्वाजानिक गरेपछि आन्दोलन थप चर्किएको हो । निर्मला पन्त किताव लिनका लागि जुन घरमा गएकी थिईन त्यस घरमा , दुई वटी युवती मात्रै बस्ने गर्दथे ।  

जहाँ कञ्चनपुरकै एसपी डिल्लीराज मल्लका छोरा र भिमदत्त नगरपालिकाका मेयरका भतिजाको आवत जावत निकै बाक्लो रहेको स्थानियको भनाई छ । वास्तविक अपराधीलाई लुकाउन प्रहरीबाटै नौटङकी भएको भन्दै आन्दोलनले तिव्र रुप लिएको छ । यता पोखराकी वालिका केसीको घटना बारे  छानविनका लागि पनि जनदवावको जरुरी देखिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक