२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको बजेट एक अर्व १६ करोड

१० भाद्र २०७५, आईतवार १६:३३

भदौ १०, सुर्खेत | प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपश्चिमाञ्चल विश्वविद्यालयहरुलाई प्राज्ञिक थलोको रुपमा विकास गर्न निर्देशन दिएका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको आठौं सिनेटलाई आईतबार बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पठनपाठनलाईभन्दा बढी देशलाई आवश्यक पर्ने अध्ययन अनुसन्धान हुनु जरुरी रहेको बताएका हुन् ।

सरकारले देशलाई आवश्यक पर्ने जनशिक्तिको पहिचान गरी त्यसै अनुसारको विद्यालय र कलेजहरु खोल्ने तयारी गरेको जानकारी पनि प्रधानमन्त्री ओलीले दिए । विश्वविद्यालयहरुले संख्यामाभन्दा पनि गुणस्तरमा ध्यान दिनुपर्ने भनाई प्रधानमन्त्री ओलीको थियो । यता, काठमाडौंमा सम्पन्न मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सिनेटले चालु आर्थिक वर्षका लागि एक अर्ब १६ करोड ६५ लाख ५१ हजार ३३९ रुपैयाँको बजेट पारित गरेको छ । सिनेटले पारित गरेको बजेटमा पूजिगततर्फ ४९ करोड ३४ लाख र सञ्चालनतर्फ ६४ करोड ८१ लाख ५१ हजार ३३९ रुपैयाँ रहेको विश्वविद्यालयका सूचना अधिकारी शेरबहदुर केशीले जानकारी दिए । उनका एमयूको संगठन तथा शैक्षिक प्रशासनिक नियमावलीको तेस्रो संशोधन सिनेटले गरेको छ । यस्तै, मध्य पश्चिमाञ्चल विश्वविद्यालयका स्वायत्तता नियमावली २०७५ पनि पारित गरेको छ । 


मप विश्वविद्यालयका कुलपति तथा प्रधामन्त्री केशी शर्मा ओलीको व्यस्तताका कारण सिनेट काठमाडौंमै आयोजना गर्नु परेको विश्वविद्यालयले जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सिनेटले यसअघि दश क्याम्पसलाई आज्ञिक बनाउने पारित गरेको निर्णय कार्यान्वय गर्ने भएको छ । कर्णाली र प्रदेश ५ का दश क्याम्पसले सोमबारदेखी नियुक्ती दिइने र थप नौं क्याम्पसलाई आज्ञिक बनाउन गरिएको प्रस्ताव सिनेटले पारित गरेको सूचना अधिकारी केसीले बताए । एमयुको आंज्ञिक क्याम्पस हुनेमा बागेश्वरी बहुमुखी क्याम्पस कोहोलपुर, बबई बहुमुखी क्याम्पस गुलरिया, मुसीकोट खलंगा बहुमुखी क्याम्पस रुकुम, भेरी ज्ञनोदय क्याम्पस जाजरकोट, भेरी शिक्षा क्याम्पस गुमी, विद्याविपुर जनता बहुमुखी विद्यापुर, नारायण क्याम्पस दैलेख, तिलाकर्णाली बहुमुखी कालिकोट, रारा बहुमुखी मुगु लगायत छन् । 

यस्तै, सिनेटले आंज्ञिक बनाउन प्रस्ताव गरिएका क्याम्पसहरुमा चामुण्डा क्याम्पस दैलेख, कोटदेवल जनआर्दश क्याम्पस दैलेख, गर्भाकोट बहुमुखी क्याम्पस सुर्खेत, रेशुंगा बहुमुखी गुल्मी, पानीनि बहुमुखी अर्घाखाँची, सिंजा बहुमुखी क्याम्पस जुम्ला, सिद्धार्थ बहुमुखी क्याम्पस कपिलबस्तु, शहिद नारायण प्रसाद रामपुर क्याम्पस रुपेन्देही र शितल क्याम्पस चौरजहारी रुकुम छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह