२७ कार्तिक २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

९ महिनापछि खुल्यो आईपीओ, वैदेशिक रोजगारमा रहेकालाई गार्डियन माइक्रोलाइफको अवसर

१९ मंसिर २०८१, बुधबार ११:५१

काठमाडौँ | झण्डै ९ महिनापछि प्राथमिक सेयर (आईपीओ) निष्कासन सुरु भएको छ। सर्वोत्तम सिमेन्टको आईपीओ निष्कासनपछि रोकिएको आईपीओ प्रक्रिया अब पुनः सक्रिय भएको हो।

बुधबारदेखि गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारमा रहेका नेपाली कामदारका लागि प्राथमिक सेयर जारी गरेको छ। कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गर्दैछ।

वैदेशिक रोजगारमा रहेका व्यक्तिहरूका लागि यसमध्ये १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर छुट्याइएको छ। यी सेयरहरूको अंकित मूल्य प्रतिकित्ता १ सय रुपैयाँ रहेको छ। आवेदन दिने न्यूनतम सीमा १० कित्ता र अधिकतम १ लाख कित्तासम्म तोकिएको छ।

यो आईपीओमा आवेदन दिन चाहनेले बिक्री प्रबन्धक कुमारी क्यापिटलमार्फत अनलाइन प्रणाली मेरोसेयर प्रयोग गरी आवेदन दिन सक्नेछन्।

कम्पनीको आर्थिक अवस्था हेर्दा, आव २०८०/८१ सम्म प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ ५९ पैसा रहेको छ भने प्रतिसेयर आम्दानी २५ पैसा रहेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन तयारी : थपिँदै नयाँ मतदाता र राजनीतिक दल पशुपतिनाथ र बौद्धनाथ जोड्ने सडकमा ‘अस्फाल्ट प्रविधि’ को कालोपत्र वर्षाका कारण धान उत्पादनमा तीन लाख मेट्रिक टनले कमी आउने अस्ट्रेलिया–इन्डोनेसिया नयाँ सुरक्षा सन्धिमा सहमत जेनजी सुशासन योद्धाका आमा भन्नुहुन्छ : ‘मम्मी’ भन्ने आवाजले झस्काइरहन्छ सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते लागुपदार्थ सेवन गरी सवारी चलाउने छ जना नियन्त्रणमा देशभरको मौसम सफा रहने पूर्वानुमान सुनको मूल्य घट्यो, चाँदीको बढ्यो सन् २०२६ को खेल आफ्नो अन्तिम विश्वकप खेल हुने रोनाल्डोको भनाइ निर्वाचनको वातावरण बनाउन दलहरूको भूमिका महत्पूर्ण रहन्छः कानुनमन्त्री सिन्हा नवनियुक्त मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक दिल्लीको घातक विस्फोटलाई ‘षड्यन्त्र’ भन्दै प्रधानमन्त्री मोदीद्वारा दोषीलाई कठोर कारबाहीको चेतावनी मन्त्रिपरिषद् बैठकको निर्णय महानगर धुलोमुक्त बनाउँदै कामपा ‘बाबा सम्झेर टोलाइरहन्छन् छोराछोरी…’ पाकिस्तानको अदालतमा विस्फोट, १२ जनाको मृत्यु तालिका थप भएपछि भोजपुर–काठमाडौँ अब चार उडान दर्शकले रुचाउन थाले नेपाली चलचित्र