2026-07-25 01:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चाबहिलस्थित बौद्ध चैत्य सरसफाइ

भदौ १३, काठमाडौँ | चाबहिलस्थित बौद्ध चैत्यको दर्शनका लागि श्रीलङ्काली राष्ट्रपति मैत्रीपाल सिरीसेना आउने भएपछि आज विशेष सरसफाइ गरिएको छ । 

करीब दुई हजार ३०० वर्ष पुरानो उक्त चैत्यको दर्शनका लागि श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल सिरीसेना आउने भएपछि नेपाली सेना, प्रहरी, स्थानीयवासीलगायतले सफासुग्घर तथा रङरोगन गरेका छन् । चारुमती बुद्धिष्ट मिसन नेपालका अध्यक्ष भिक्षु तपस्सी धम्मले श्रीलङ्काका राष्ट्रपति सिरीसेना बिम्स्टेकको बैठकमा सहभागी हुन आउने क्रममा यही भदौ १७ गते उक्त चैत्यमा आउने कार्यक्रम रहेको जानकारी दिनुभयो । 

विहारले शान्तिपूर्ण तथा सहअस्तित्वको समाज निर्माणका लागि बुद्धका शिक्षा तथा उपदेशलाई फैलाउन विभिन्न धार्मिक, नैतिक, सामाजिक शिक्षा दिँदै आएको उहाँले बताउनुभयो । 

कामपा–७ पर्ने उक्त चैत्यलाई धन्दो चैत्यसमेत भनिन्छ । सम्राट अशोकले आफ्नो छोरी चारुमतीको नेतृत्वमा धर्मदूत पठाएर निर्माण गरिएको इतिहास पाइन्छ । ठूलो नरसंहार गरेर सम्राट भएका अशोकले बौद्ध दर्शन तथा उपदेश प्रचारका लागि काठमाडौँ, श्रीलङ्का, म्यान्मा, थाइल्याण्डलगायत विभिन्न मुलुकमा आफ्ना छोरा, छोरी तथा विश्वासिला दूत पठाएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक