पढ्न करिब 2 मिनेट लाग्छ

भदौ १३, महोत्तरी । महोत्तरीको औरही नगरपालिकामा आठ महिने शिशुको अपहरणपछि हत्या भएको विरोधमा स्थानीयबासी बुधबार बिहानैदेखि प्रर्दशन गरेका छन् । स्थानीयबासीले दिनभर प्रर्दशन गर्नुका साथै र्यालीसमेत निकाले ।

औरही नगरपालिकाका १ का सन्तोष चौधरीको ८ महिने छोरी सोनालीकुमारी गत आइतबार अपहरणपछि हत्या भएको थियो । प्रर्दशनकारीले बिहानदेखि नै बर्दिबास औरही जलेश्वर सडक खण्ड अवरुद्ध पारेका थिए ।

सीसीटीभी फुटेजमा भंगाहा नगरपालिका ६ जमुनियाका भरत साहले शिशुलाई लिएर गएको देखिएको भन्दै स्थानीयले उनलाई पक्राउ नगरेकोमा प्रहरीको विरोध गरेका छन् ।

तश्विरमा: बालिका सोनालीको हत्यारा भंगाहा सीतापुर ६ जमुनियाका २५ वर्षीय भरत साहलाई खोज्दै प्रहरी र स्थानीयहरु । साहले खेलाउने बहानामा सन्तोष चौधरीकी आठ महिने छोरीलाई अपहरण गरी लगेका थिए । तस्वीरः धनवीर महतो, महोत्तरी, रासस

प्रहरीले भने उनको खोजी भइरहेको बताएको छ ।साह सिरहा कारागारबाट कैद भुक्तान गरी हालै छुटेको पाइएको प्रहरीले बताएको छ ।

शिशु (बालिका) अपहरणपछि हत्या घटनाले स्थानीय त्रसित भएका छन् । साहले प्रयोग गरेको मोवाइल लोकेसनको आधारमा समेत खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

महोत्तरीका डीएसपी खगेन् बहादुर खड्का पोष्टमार्टम रिपोर्ट आएपछि बालिकाको हत्याको कारण पत्ता लाग्ने बताए ।

माथिको तश्विरमा: महोत्तरी औरहीकी आठ महिने बालिका सोनालीको हत्यारालाई कारवाहीको माग गर्दै बुधबार गरेका प्रदर्शनमा सहभागी स्थानीय महिलाहरु । स्थानीय महिलाहरुको एक समूहले हातमा प्लेकार्ड सहित प्रर्दशन गरेका छन् । तस्वीर: धनवीर महतो, महोत्तरी, रासस