२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गर्भवती महिलाले भुलेर पनि नखानुस् यी खानेकुरा, गर्भ तुहिन सक्छ

२०७५, १५ भाद्र शुक्रबार ११:२६

टिप्स:- पहिलोचोटि गर्भवती हुनु महिलाका लागि निकै ठूलो कुरा हो । पहिलो गर्भ छँदा महिलालाई खुसी र खतरा दुवै हुन सक्छ । यतिवेला सन्तुलित भोजन आवश्यक हुन्छ । तर,कतिपय स्वस्थ मानिने खानेकुरा पनि गर्भवती आमाका लागि खतरा हुन सक्छ । यस्ता खाना नखान डाक्टरको सुझाब हुन्छ । यस्ता खानाले गर्भ तुहिनेसमेत खतरा हुन सक्छ :

-तितेकरेला स्वस्थकर मानिन्छ । तर, गर्भवती महिलालाई भने करेला विष पनि साबित हुन सक्छ । तितेकरेला खानाले पेटमा भएको शिशुलाई मात्र हानि पुर्‍याउँदैन कि गर्भ तुहिने खतरासमेत हुन सक्छ ।

-गर्भवती आमाले भुइँकटरको पनि सेवन गर्नु हुँदैन । यसमा ब्रोमेलिन भन्ने तत्व हुन्छ । जसले गर्भवती आमाको स्वास्थ्यलाई फाइदाभन्दा बढी हानि पुर्‍याउँछ ।

-नेपालमा चाइनिज खाना निकै प्रचलित छ । तर, यसमा सोडियम ग्लुटामेट तत्व हुन्छ । यस्तो खाँदा गर्भ तुहिने खतरा पनि बढ्दै जान्छ ।

-गर्भवती आमाले मेवा पनि खानु हुँदैन । अत्यधिक मात्रामा मेवाको प्रयोगले पनि गर्भ तुहिन सक्छ।

के खाने?

राज्मा गर्भवती आमाका लागि फाइदाजनक हुन्छ । यसमा फोलेट नामक तत्व हुन्छ र यसले शिशुको वृत्तिविकासमा महत्वपूर्ण भूमिका खेल्छ ।

गर्भवती आमाले केरा खाँदा पनि निकै फलदायी हुन्छ । केरा सर्वसुलभ पाइने हुँदा पनि यसको प्रयोगलाई बढाउँदा राम्रो हुन्छ । यसमा आइरन, फाइबर हुन्छ, जुन गर्भवती आमाका लागि आवश्यक तत्व हो ।

गर्भवती महिलाले पनिरको पनि नियमित प्रयोग गर्नुपर्छ । पनिरमा अत्यधिक क्याल्सियम हुन्छ, जसले आमा र शिशु दुवैको हाडलाई बलियो बनाउन मद्दत पुर्‍याउँछ ।

गर्भवती महिलाले खजुरको पनि नियमित प्रयोग गर्दा हुन्छ । यसले आमालाई एनेमिया (रगतको कमी) हुनबाट बचाउँछ । गर्भवती आमा सधैँ एनेमियाको जोखिममा हुने भएकाले पनि खजुरको प्रयोग आवश्यक छ ।

गर्भवती महिलाका लागि दूध पनि महत्वपूर्ण खाद्यपदार्थ हो । यसमा प्रोटिनको मात्रा बढी हुन्छ । नियमित दूध पिउनाले बच्चाको उचाइ बढ्नमा महत्वपूर्ण भूमिका खेल्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ