<"/>
<"/>
भदौ १८, काठमाडौं । सोमबार दिउसो बिहेमा रु ३०० मात्र खर्चेर भाइरल भएका शिक्षा अभियन्ता उत्तम सञ्जेल फेरी जग्गेमा बसेर बिहे गरेको तश्विर सार्वजनिक भएको छ ।

Photo Credit : चुडाराज पौडेल
'३ सय रुपैयाँमै विवाह सम्पन्न, चप्पल लगाएरै बिहे !' शिर्षकमा समाचार प्रकाशन भएको थियो । तर उनले पाहुना बिदाई गरेर बेलुका फेरी जग्गेमा बसेको खुलाशा भएको हो । ४१ वर्षको उमेरमा वैवाहिक बन्धनमा बाँधिएका सञ्जेलले उदाहरणीय काम गरेको भन्दै सामजिक संजालमा बधाइ पाएका थिए ।
दिउसो पशुपति क्षेत्रको गुहेश्वरीमा ३०० मा बिहे गरेको बेला उनले व्यवसायी उपेन्द्र महतो, कलाकारद्धय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यका साथै वरिष्ठ पत्रकारहरुलाई साछी राखेर बिहे गरेका थिए । तर उनले त्यसपछि फेरी जग्गेमा बसेर बिहे गरेको तश्विर भेटेपछि धेरैले पत्यार मानेनन् ।

Photo Credit : मनोज गजुरेल
दिउसो दुलाहा सञ्जेल टिसर्ट, पाइन्ट र चप्पलमा थिए भने दुलही कला अधिकारीले पनि कुर्था सुरुवाल लगाएकी थिइन् । सञ्जेलले २०० सय रुपैयाँको माला, ७५ रुपैयाँको पोते र २५ रुपैयाँको सिन्दुर किनेको भन्दै ३०० रुपैयाँमा बिहे गरेको सबैलाई बताए । यो खबर एकाएक भाइरल भएको थियो । तर पत्रकार र सबै कलाकारहरु गएपछि उनले जग्गेमा बसेर बिहे गरेको खुलेको छ । २०० सय रुपैयाँको माला फेरेर अर्को माला लगाएका थिए भने पुरोहितले होम हालेर बिहे गरेका थिए । साथै जग्गे समेत लिंगो ठड्याइएर बनाइएको थियो ।