२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भद्रपुर नाकालाई अन्तर्राष्ट्रिय व्यापारको नाका बनाउन सकिने: अर्थमन्त्री

१९ भाद्र २०७५, मंगलवार १०:१४

भदौ १९, भद्रपुर । अर्थमन्त्री डा युवराज खतिवडाले भद्रपुर नाकालाई अन्तर्राष्ट्रिय व्यापारको नाका बनाउन सकिने बताए । मंगलबार भद्रपुर भन्सार कार्यालयको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले वस्तु व्यापार मात्र नभई तेस्रो मुलुकसँग बिजुलीको व्यापार गरेर अन्तर्राष्ट्रियस्तरको नाका बनाउन सकिने बताएका हुन् ।

बङ्गलादेशसँग नेपालको विद्युत् व्यापार सम्झौता भइसकेको बताउँदै उनले भने, “नेपालसँग विद्युत् किन्न बङ्गलादेश तयार छ तर भारत सरकारको सहयोग पनि आवश्यक रहेको छ ।” उनले भारत सरकारको सहयोग लिएर नेपालले तेस्रो देशलाई विद्युत् बेच्न सक्यो भने वस्तुको मात्र होइन यो नाकाबाट सेवाको व्यापार पनि गर्न सकिने बताए ।

मन्त्री डा खतिवडाले छिमेकी देश भारतसँग पनि यो नाकालाई सुचारु र समृद्ध बनाउनका लागि छलफल र वार्ता गर्ने बताए । उनले भद्रपुर भन्सारलाई सक्रिय र व्यस्त नाकाका रुपमा स्थापित गर्नका लागि सबैको सहयोगको खाँचो रहेको औँल्याए ।

मेची भन्सार कार्यालयको मातहतमा रहेको भद्रपुर छोटी भन्सार कार्यालयले साउन १ गतेदेखि स्तरोन्नति भई भन्सार कार्यालयको दर्जा पाएको हो । भद्रपुर भन्सार कार्यालय सञ्चालनमा आएसँगै झापामा दुईवटा भन्सार कार्यालय भएका छन् ।

कार्यक्रममा भारतको विहार र बङ्गाल राज्य, बङ्गालदेशसहित भुटानसँगको दूरी कम रहेको भद्रपुर भन्सार कार्यालयको पूर्वाधार निर्माणका लागि १० बिघा जमीनको आवश्यकता रहेको मेची भन्सार कार्यालयका प्रमुख टेकबहादुर अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो