नेपाली हिन्दू महिलाहरुको महान चाड तिज आउन केही दिन बाँकि नै छ । तर यतिबेला दर खाने नाममा देशको प्रमुख राजधानी काठमाडौं लगायत अन्य "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नेपाली हिन्दू महिलाहरुको महान चाड तिज आउन केही दिन बाँकि नै छ । तर यतिबेला दर खाने नाममा देशको प्रमुख राजधानी काठमाडौं लगायत अन्य "/>
2026-07-24 10:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तिजको धार्मिक महत्व र दर

फणीन्द्र फुयाल ज्वाला |

नेपाली हिन्दू महिलाहरुको महान चाड तिज आउन केही दिन बाँकि नै छ । तर यतिबेला दर खाने नाममा देशको प्रमुख राजधानी काठमाडौं लगायत अन्य प्रमुद शहर बजारका पार्टी प्यालेशहरुमा महिलाहरु पैसा उठाएर दर खाने प्रचलन निकै फस्टाउँदै आएको छ । बिगतका बर्षहरुमा भन्दा यसपालि तिज आउनु भन्दा एक महिना अघिदेखि दर खाने प्रचलनमा कमि भने आउँदै गएको देखिन्छ । दर खाने नाममा केही हुने खाने महिलाहरु महंगा गरगहना र साडी प्रदर्शन गर्दै चाडलाई फेशन, व्यापार र धनि गरिवबीचको दुरी मापन गर्ने यन्त्रका रुपमा बिकाश गर्दै लागिएको पाइन्छ । यसले समाजमा हुनेखाने र हुँदाखानेबीच फाटो ल्याउँदै छ । 

हुने खानेले त दरका नाममा मिस्ठान्न भोजन ग्रहण र दारु पनि सेवन गर्लान तर मन भएर पनि धन नभएकाहरु उनीहरुको हर्कतदेखि कत्ति बिरक्तिदा हुन ? उही नारी कोही चाहीँ तिजका नाममा एक महिना अघिदेखि दर खाएर नाचेको नाच्यै अरु चाहिँ गिट, ढुंगा, बालुवा, इट्टा बोकर, घाँस दाउरा गरेर कम्मर भाँचेको भाँचै । यो बिभेद अन्त्यका लागि आखिर कसले हिम्मत गर्ने ? केही महिलावादीहरु यस्ता पनि छन् कि मात्र पुरुषलाई सत्तो सराप गरे पछि महिला अधिकार प्राप्ति हुन्छ भन्दै भाषण ठोक्छन् र मिडियामा विचार सम्प्रेषण गर्छन् । आखिर ती महिलावादी नेतृ तथा एनजिओ आइएनजिओका तलवधारीहरुले तिजका बारेमा यस्तो बिक्रिति नभित्र्याऔँ भनेर सचेतनाका स्वर र आवजहरु उरान्न किन सक्दैनन् ? 

तर यहाँ महिलाले दारु खान हुन्न भन्न खोजिएको होइन । फेरी तिनै महान महिलावादी दिदी बहिनीहरुले प्रस्न र गाली दुबै गर्लान, के तिमी पुरुषहरुले मात्रै खानका लागि दारु बनेको हो र ? तर यहाँ प्रसंग हो दरको । दरका नाममा दारु खानु कत्तिको संस्कारयुक्त हुन्छ, कत्तिको शोभनीय हुन्छ ? दर भनेको के हो  ? र यो कतिबेला, किन खाइन्छ भन्ने यसको आफ्नो छुट्टै महत्व छ ।

तिज पर्वमा बिवाह गरेर पठाइएका छोरी चेलीहरुलाई निम्ता गर्ने चलन परापूर्वकालदेखि चल्दै आएको छ । अरु बेला निम्ता गरेर बोलाइए पनि तिजका बेला भने छोरी चेलीका घरमै माइती पक्षबाट धाएरै लिन जाने प्रचलन छ । तिजमा बिशेष गरी बिवाहित महिलाहरु आफनो श्रीमान्, बाल, बच्चा, परिवार र स्वयम् आफ्नो सुस्वास्थ्य र दीर्घायुका कामना गर्दै ब्रत बस्ने गर्छन् भने अबिवाहित महिलाहरु आफुले सोचे अनुरुपको पति पाउँ भन्दै बर माग्दै ब्रत बस्ने गरेको धार्मिक ग्रन्थहरुमा पाइन्छ । ब्रत बस्ने अघिल्लो रात महिलाहरु दर खाएर रमाउने पनि गर्दछन् । दरमा मिठाई, खिर लगायतका परिकार पर्दछन् ।

तर दरका नाममा दारु खानु र एक महिनादेखि पार्टी प्यालेशहरुमा भेला हुनु संस्कृती हो कि बिक्रिती ? मनिस जति जति शिक्षित र चेतनशील हुँदै जान्छ त्यत्ति नैं उबाट सँस्कृती र सँस्कारमाथि हमला हुने गरेको हामीले पछिल्लो समय देख्दै आएका छौँ । समाजमा भएका कुरिती, कुसँस्कार, कुप्रथा र अन्धबिस्वासहरु चेतनशील प्राणी भएको नाताले मानबजातिले बदल्न र परिवर्तन गर्न थाल्ने हो भने र समावादको बाटोमा हिँडेका आम नेपाली मानिसले धनि, गरिव, तल्लो र माख्लो जात जस्ता घृणित कार्य नगर्ने हो भने हामी चाँडै प्रगति पथमा लम्किन सक्ने थियौँ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक