२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मिस एण्ड मिसेस तिज नेपाल २०७५ को ताज मनिषा पौडेल र हिमा गुरुङलाई

२० भाद्र २०७५, बुधबार ०४:१९

भदौ २०, काठमाडौँ | दक्ष इन्टरनेशनल प्रालिले आयोजना गरेको "मिस एण्ड मिसेस तिज नेपाल २०७५" मा बिजेताको ताज पहिरहन सफल भएका छन् मनिषा पौडेल र हिमा गुरुङ  l  मिसेस तिज नेपाल २०७५ को फर्स्ट रनरअप मनिता कोइराला, सेकेण्ड रनरअप पुजा तामाङ, मस्ट पपुलरमा पवित्रा रिमाल र भिउवर्स च्वाइजमा सुशिला थापाले जित्न सफल भएका थिए l  त्यसैगरी मिस तिज २०७५ को फर्स्ट रनरअप सेलिना पुन, सेकेण्ड रनरअप कृपा पौडेल, मस्ट पपुलर ममता दास बिजेता बन्न सफल भएका छन् l


बिगत केहि बर्ष देखि सौन्दर्य प्रतियोगिताहरु आयोजना गरेर ख्याति कमाउन सफल दक्ष इन्टरनेशनल प्रालिले यस पालि हरितालिका तिजको अवसर पारेर “मिस एण्ड मिसेस तिज नेपाल” को आयोजना गरेको सौन्दर्य प्रतियोगितामा बरिष्ट हास्य कलाकार बसुन्धरा भुसालको प्रमुख अतिथिमा अन्य ४ जना आफ्नो आफ्नो क्षेत्रमा योगदान पुर्याउन सफल व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको थियो जसमा बरिष्ट गायक सिताराम पोखरेल, शान्ता तामाङ, अमिर न्यौपाने, ब्युटिसियन बबिता बुद्धाचार्य सम्मानित भएका थिए  l

उक्त सौन्दर्य प्रतियोगितामा बरिष्ट गायक आनन्द कार्की, गायिका सिन्धु मल्ल, संचारकर्मी सुर्य चन्द, कलाकार रश्मि भट्ट, गायक यमन श्रेष्ठ, मोडल पार्वती राइ, संचारकर्मी राजेन्द्र लुइँटेल निर्णायक मण्डलीमा रहेर बिजेता घोषित गरेका थिए l


प्रतियोगीहरुलाइ पच्चीस दिन लामो विशेष प्रशिक्षण प्रदान गरिएको थियो l मोडल तथा कोरियोग्राफर आशिष मिश्रले कोरियोग्राफी गरिएको उक्त सौन्दर्य प्रतियोगितामा प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिइएको थियो । प्रतियोगीहरुले आफुले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिश्प्रधा गर्न अनि आफ्नो आत्मा बिश्वास बढाएर भोलिको दिनमा आज सिकेको कुराहरुलाइ उपयोग गर्न सक्ने बनाउनुनै लक्ष्य रहेको आयोजक टेक राज पाण्डे बताउछन l मिस एण्ड मिसेस तिज नेपाल २०७५ को कार्यक्रम चर्चित कोरियोग्राफर तथा उद्घोषक आस्विनी झाले संचालन गरेका थिए l 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य