2026-07-26 04:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मिस एण्ड मिसेस तिज नेपाल २०७५ को ताज मनिषा पौडेल र हिमा गुरुङलाई

भदौ २०, काठमाडौँ | दक्ष इन्टरनेशनल प्रालिले आयोजना गरेको “मिस एण्ड मिसेस तिज नेपाल २०७५” मा बिजेताको ताज पहिरहन सफल भएका छन् मनिषा पौडेल र हिमा गुरुङ  l  मिसेस तिज नेपाल २०७५ को फर्स्ट रनरअप मनिता कोइराला, सेकेण्ड रनरअप पुजा तामाङ, मस्ट पपुलरमा पवित्रा रिमाल र भिउवर्स च्वाइजमा सुशिला थापाले जित्न सफल भएका थिए l  त्यसैगरी मिस तिज २०७५ को फर्स्ट रनरअप सेलिना पुन, सेकेण्ड रनरअप कृपा पौडेल, मस्ट पपुलर ममता दास बिजेता बन्न सफल भएका छन् l

बिगत केहि बर्ष देखि सौन्दर्य प्रतियोगिताहरु आयोजना गरेर ख्याति कमाउन सफल दक्ष इन्टरनेशनल प्रालिले यस पालि हरितालिका तिजको अवसर पारेर “मिस एण्ड मिसेस तिज नेपाल” को आयोजना गरेको सौन्दर्य प्रतियोगितामा बरिष्ट हास्य कलाकार बसुन्धरा भुसालको प्रमुख अतिथिमा अन्य ४ जना आफ्नो आफ्नो क्षेत्रमा योगदान पुर्याउन सफल व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको थियो जसमा बरिष्ट गायक सिताराम पोखरेल, शान्ता तामाङ, अमिर न्यौपाने, ब्युटिसियन बबिता बुद्धाचार्य सम्मानित भएका थिए  l

उक्त सौन्दर्य प्रतियोगितामा बरिष्ट गायक आनन्द कार्की, गायिका सिन्धु मल्ल, संचारकर्मी सुर्य चन्द, कलाकार रश्मि भट्ट, गायक यमन श्रेष्ठ, मोडल पार्वती राइ, संचारकर्मी राजेन्द्र लुइँटेल निर्णायक मण्डलीमा रहेर बिजेता घोषित गरेका थिए l

प्रतियोगीहरुलाइ पच्चीस दिन लामो विशेष प्रशिक्षण प्रदान गरिएको थियो l मोडल तथा कोरियोग्राफर आशिष मिश्रले कोरियोग्राफी गरिएको उक्त सौन्दर्य प्रतियोगितामा प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिइएको थियो । प्रतियोगीहरुले आफुले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिश्प्रधा गर्न अनि आफ्नो आत्मा बिश्वास बढाएर भोलिको दिनमा आज सिकेको कुराहरुलाइ उपयोग गर्न सक्ने बनाउनुनै लक्ष्य रहेको आयोजक टेक राज पाण्डे बताउछन l मिस एण्ड मिसेस तिज नेपाल २०७५ को कार्यक्रम चर्चित कोरियोग्राफर तथा उद्घोषक आस्विनी झाले संचालन गरेका थिए l 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ