2026-07-24 08:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘यो बर्ष सरकारका लागी कानुन निर्माणको बर्ष हो’

भदौ २०, कालिकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रमलाई यो आर्थिक बर्षमा विकास योजनाका खाका कोर्ने र कानुन निर्माण गर्ने बताएका छन् । बुधबार  गृह जिल्ला कालिकोट पुगेका मुख्यमन्त्री शाहीले पत्रकारहरुसँग कुरा गर्दै कर्णाली प्रदेश सरकारले यो आर्थिक बर्षको बजेट विकासका खाका कोर्न र कानुन बर्षका रुपमा लिएको बताएका हुन् ।

प्रदेश सरकारले कर्णालीको समग्र विकास निर्माणको खाका कोर्न र प्रदेश सरकारका नियम कानुन र ऐन नबनेका कारणले यो आर्थिक बर्षको बजेट त्यसैमा केन्द्रित गरिएको बताए । ‘प्रदेश सरकाले कैयौं ऐन नियम र कानुन बनाउन बाँकी रहेको छ । अर्कोतर्फ प्रदेश सरकारले विकास निर्माणको खाका कोर्न बजेटलाई केन्द्रित गरेको छ’ उनले भने ।

प्रदेश सरकारले ल्याएको बजेटमा कार्यन्वयनमा चुनौती रहेको त्यसका कार्यन्वयनका लागि प्रदेश सरकारका ६ वटा मन्त्रालयहरुले कर्णाली प्रदेशका ६ ठाउँमा विकास डिभिजन कार्यालय स्थापना गरिने बताए । ‘कर्णाली सरकारले बजेट कार्यान्वयन ल्याउनका लागि ६ वटा मन्त्रालय ६ ठाउँमा विकास डिभिजन कार्यालय स्थापना गर्ने तयारी थालेको छ’ उनले भने ।

कर्णालीका स्थानीय तहहरुलाई कार्तिक महिना भित्र नै बजेट विकास निर्माणका काममा सक्न निर्देशन दिए । ‘स्थानीय तहरुले कार्तिक महिनामा नै बजेट विकास निर्माणमा सक्न निर्देशन दिइएको छ । कार्तिक महिनामा स्थानीय तहको बजेट सक्ने नगरपालिका र गाउँपालिकालाई ऋण गरे भएपनि विकास निर्माणमा काम थप बजेटको ब्यवस्था गरिनेछ ।’

तीन तहका सरकार अहिले विकास निर्माणमा काम गरिरहेका कारण राजश्व बाँडफाटमा केही समस्या भएको र त्यसका लागि बित्तिय आयोग नबनेका कारणले केही समस्या भएको बताए । ‘अहिले राजश्व बाँडफाटमा लागि तीन तहका सरकारमा केही समस्या रहेका छन् । त्यसको हल वित्तीय आयोगले गर्नेछ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक