भदौ २२, काठमाडौं । १५ औं निजामति सेवा दिवसका अवसरमा देशभरका ५५ जना कर्मचारी सम्मानित भएका छन् ।
दिवसका अवसरमा शुक्रबार सिंहदरबार परिसरमा आयोजित कार्यक्रममा उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरिएको हो ।
‘नतिजामुखी प्रशासनः समृद्धि र सुशासन’ भन्ने मूल नाराकासाथ आयोजना गरिएको कार्यक्रममा २५ जनालाई उत्कृष्ट निजामति सेवा पुरस्कार र ३० जनालाई निजामति सेवा पुरस्कारको घोषणा गरिएको हो ।