पढ्न करिब 1 मिनेट लाग्छ

भदौ २५, झापा | झापाको मेचीनगर नगर कार्यपालिका बैठकले स्थानीय एक पत्रकारलाई मासिक आठ हजार रुपैयाँ तलबसहित नगरपालिकाको प्रेस संयोजक नियुक्त गरेको छ ।

नगरपालिकाको बजेटबाटै तलब दिनेगरी ती पत्रकारलाई संयोजक नियुक्त गरिएको छ। ती पत्रकरले नगरपालिकामा हाजिर गर्नुपर्नेछ ।

उनको मुख्य जिम्मेवारी नागरिकको विचार जनप्रतिनिधि र कर्मचारीसम्म पुर्याउनु पर्नेछ ।

‘पत्रकारलाई स्थानीयस्तरकोसमस्याका विषयमा जानकारी हुने हुँदा काममा सहयोग पुगोस् भनेर जिम्मेवारी दिएका हौँ’,नगरप्रमुख विमल आचार्यले भने । सूचना अधिकारी हुँदाहुँदै प्रेस संयोजक आवश्यकता थियो र भन्ने प्रश्नमा आचार्यले करारमा कर्मचारी तोक्न पाउने प्रावधान टेकेर जिम्मेवारी दिएको बताए ।

- यो खबर आजको अन्नपुर्णपोष्टमा छ ।