२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

परदेशीएकाहरु भन्छन् : नेपालमा राजनीति के का लागि ?

२०७५, २५ भाद्र सोमबार १०:०१

विजय पौडेल । भदौ २५ ।

कहिलेकाहिँ लाग्छ कस्तो देशमा जन्मिएछु भनेर, पछुतो हुन्छ आफ्नै देश सम्झिएर । देश छोडेर हिडेको पनि धेरै भयो आज हुन्छ की, भोलि हुन्छ कि भन्दा भन्दै देशको हालत कहिल्यै सन्तुलन नहुने देखिन्छ । गरीबि, अशिक्षा, बेरोजगारी जस्ता समस्याले देश व्याकुल छ अनि पनि घर फर्किन सक्दिन यहि सम्झेर ।


कसैलाइ रहर हुँदैन आफ्नो देश र परिवारबाट टाढा बस्ने तर हामी नेपालीको नियती यस्तै भैसक्यो । जे जति कुरा गरेपनि आखिरी एक व्यक्ति तथा संस्थाले गरेर हुँदैन देश बन्नलाइ सिंगो राजनीति सुधार र विकासले तिब्रता लिनैपर्छ । म यो खाडिमा भएको उन्नति प्रगती देख्छु जहाँ स्रोत साधन लगभग शुन्य नै छ । सबै आयातित नै छन् तर विकास हेर्ने हो भने आज तपाईं हिड्ने ठाउँ भोलि जाँदा अर्कै स्वरुपको भएको हुन्छ । 

नागरिक सुरक्षा छ, नागरिकलाई सरकारप्रति र सरकारलाई नागरिकप्रति पूर्ण भरोसा छ । न कुनै दिन बन्द हुन्छ, न कुनै दिन हड्ताल हुन्छ सरकारी छुट्टी वर्षमा मरेर १५ दिन होला । दिनरात काम चलेको छ पर्याप्त प्राकृतिक स्रोत साधनको अभावमा पनि विकासका काम रोकिएको छैन । विभिन्न भौतिक पूर्वाधारको निर्माण भएका छन, त्यो पनि दुनियाँलाई चुनौती दिएर । यी अनि यस्तै आफ्नै आँखा अगाडि देख्दा परदेशीएकाहरुको मन कहिल्यै बुझ्दैन आफ्नो देश सम्झिएर ।

हामिसँग पर्याप्त स्रोत साधन तथा उपयुक्त जनशक्ती हुँदा पनि किन विकास हुन सकेन त ?  यसको उत्तर मसँग छ – कतिपय विद्वानहरु भन्छन् 'विकास हुनलाइ जनता पनि सचेत हुनुपर्छ ।' हो म त्योपनि मान्छु जनताहरु हाम्रो देशमा जस्तो सचेत दुनियाँमै सायदै होलान् त्यसैले एकादबाहेक सबै नागरिक विकास कै पक्षमा छन् यो त एउटा बहाना मात्र हो । अन्त्यमा जसरीपनि कुरा आउँछ राजनीतिमै जबसम्म हाम्रो देशमा असल नेताको जन्म हुँदैन तबसम्म हामी जतिनै कराएपनी हुनेवाला केही छैन । हरेक नेतामा इमान्दारिता, दृढ इच्छाशक्ति र विकास गर्छु भन्ने संकल्प हुनुपर्छ । हरेक नेताले हरेक पल्ट भाषण गर्दा जनताले जुन ताली दिन्छन् के साच्चै त्यसको कदर भएको छ त ? 


यहाँ राजनीति दुई किसिमले भएको देखिन्छ ।

१, सिद्धान्तको राजनीति । २, कुर्सीको राजनीति ।

यद्दपी जनताको लागि राजनीति गर्ने वातावरण नहुँदा र नेतृत्वले त्यसतर्फ नसोचिदिदा दिक्क मान्नपर्ने अबस्था आएको छ । सिद्धान्तको राजनीतिले मर्ने र मार्ने अनि दादागिरी गर्नेभन्दा अरु केही नपाएको जनताको मनमा पस्नेे गरेको र सोच्न थालेका छन् आखिर के पाइयो ? हिजो सिद्धान्तको राजनीतिको नाममा १७ हजारभन्दा बढिले रगत बगाए तिनको रगत कहाँ बिलायो ? आज त्यहिँ सिद्धान्तपछिको राजनीतिले फेरि ६० लाखभन्दा बढीको ज्यान दिनरात खाइरहेको छ यो कस्ले देख्छ जो विदेसिएका नागरिक छन् । अर्को कुर्सीको राजनीति हो यो कुर्सीको राजनीति सिद्धान्तको राजनीतिभन्दा खतरनाक छ । यहाँ जब कुर्सीको राजनीति हुन्छ अनि फरक सिद्धान्त हुँदैन, फरक विचार हुँदैन, फरक बाटो हुँदैन बस भागवण्डा मिल्नुपर्छ अनि त्यहाँ लाखौं करोडौं अर्बौको डिल हुन्छ अनि राजनीति सकिन्छ । जनताको आशाहरु त्यहिँ मर्छन् । 

जबसम्म समाजको आवश्यकता पुर्ती गर्न दिगो विकास गर्ने अठोटका साथ भावी सन्ततीको पर्यावरणीय आवश्यकता, प्राकृतिक स्रोतको दिर्घकालिन उपयोगको सुनिश्चिततालाई समेत ध्यानमा राखेर अगाडि बढ्दैन तबसम्म सकरात्मक परिवर्तन हुन सक्दैन । यसर्थ अहिले हामीलाई न सिद्धान्तको राजनीति चाहिएको छ, न विचारको हामीलाई विकासको, उद्दमशिलताको, पहुँचको, परिवर्तनको, रोजगारीको र मौलिकताको राजनीति चाहिएको छ, दिगो विकास र परिवर्तनको संकेत आवश्यकता भएको छ ।  नत्र भने अब आउने पुस्ताले यी नेतालाइ कहिल्यै माफ गर्ने छैनन् ।

( लेखक लिखु तामाकोशी गाउँपालिका २ रामेछाप घर भई हाल बैदेशिक रोजगारीको शिलसिलामा दुवइमा रहेका छन् )

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु