२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्डा कति स्वस्थकर ? खानुभन्दा अघि यी कुरामा ध्यान दिनुहोस्

२०७५, २८ भाद्र बिहीबार १०:४४

-अन्डामा पाइने प्रोटिनले मांसपेशी निर्माण र सुरक्षामा सघाउँछ भने सन्तुष्टि पनि बढाउँछ ।

-अन्डामा डाएटरी कोलेस्टेरोल उच्च र स्याचुरेटेड फ्याट थोरै मात्रामा पाइन्छ, जुन ब्लड कोलेस्टेरोलका लागि खराब मानिन्छ ।

अन्डा केही कुरामा स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ ।

अन्डा पोषणले भरिपूर्ण खाने कुरा हो । यसमा उच्च गुणस्तरको प्रोटिन हुन्छ अर्थात यसमा हाम्रो शरीरका लागि अत्यावश्यक ९ वटा एमिनो एसिड पाइन्छ । 

अन्डामा पाइने यी एमिनो एसिड कृत्रिम रुपमा उत्पादन वा बनाउन सकिँदैन । यी एमिनो एसिड प्राप्त गर्न कुनै न कुनै प्राकृतिक खानेकुरा नै खानुपर्छ । अन्डामा पाइने प्रोटिनले मांसपेशी निर्माण र सुरक्षामा सघाउँछ भने सन्तुष्टि पनि बढाउँछ । यी दुवै कुरा शरीरको तौल नियन्त्रण गर्न महत्वपूर्ण हुन्छन् ।

भिटामिन डी पाइने केही स्रोत मध्ये अन्डा पनि पर्छ । अन्डामा पाइने पोषक तत्व कोलिन (मिटामिन बी का तत्व मध्ये एउटा)ले नवजात शिशुलाई जन्मदा आउन सक्ने खराबीबाट जोगाउन मद्दत गर्छ  । 

यस्तै अन्डामा भिटामिन ए, भिटामिन बी १२, रिबोफ्लविन (बी२) र एन्टिअक्सिडेन्ट सेलेनियमसँगै लुटिन र जियाक्सान्थिन पाइन्छ । लुटिन र जियाक्सान्थिनले आँखालाई स्वस्थ राख्न सघाउँछ । 

अन्डामा पाइने भिटामिन, खनिज जस्ता अधिकांश पोषक तत्व र क्यालोरी (ऊर्जा) यसको पहेंलो भागमा हुन्छ । 

तर के अन्डामा पाइने कोलेस्टरोलका बारे पनि यस्तै भन्न सकिन्छ? अन्डाको पहेंलो भागमा डाएटरी कोलेस्टरोल उच्च मात्रा पाइन्छ । तर सँगै के पनि सत्य हो भने अन्डाको पहेंलो भागमा स्याचुरेटेड फ्याट थोरै मात्रामा भएपनि यसले रगतमा खराब कोलेस्टरोलको मात्रा बढाउँछ ।

हालै गरिएको एउटा अध्ययनमा धेरै अन्डा (दैनिक एउटा) खानु र मुटुसम्बन्धी रोग र मस्तिष्कघातको जोखिमबीच कुनै सम्बन्ध देखिएन । 

सन् २०१६ मा फिनल्यान्डमा एक हजार भन्दा बढी व्यक्ति सामेल अर्को अध्ययनले कोलेस्टेरोल युक्त भोजन वा अन्डाको सम्बन्ध मुटुसम्बन्धी रोगको जोखिम बढ्नुसँग सम्बन्ध नरहेको निष्कर्ष निकालेको थियो । यो अध्ययनमा वंशाणुगत रुपमा डायटरी कोलेस्टरोलको प्रभाव ब्लड कोलेस्टरोलमा देखिएका व्यक्ति समेत सामेल थिए ।

बरु अन्डा पकाउने र खाने तरिकाका साथै अन्डा अरु कुन खाने कुरामा मिसाएर खाइन्छ त्यसले स्वास्थ्यमा असल वा खराब असर पार्न सक्छ । 

एउटा ठूलो पोच अन्डामा ७१ क्यालोरी र २ ग्राम स्याचुरेटेड फ्याट हुन्छ भने पालुंगोमा एउटा अन्डाको पहेंलो भाग मिसाएर बनाएको अमलेटमा करिब करिब यति नै क्यालोरी र स्याचुरेटेड फ्याट हुन्छ । तर बेकन र हलेन्डाइज सस सहितको एग बेनेडिक्टमा भने ८ सय क्यालोरी र २६ ग्राम स्याचुरेटेड फ्याट हुन्छ ।

त्यसैले अन्डा खानुको मजा त लिनुहोस् तर कसरी खानुहन्छ, खाने तरिकामा भने विचार पुर्याउनुहोस् । अन्डा खाँदा अन्य फाइबयुक्त स्वास्थ्यवद्र्धक फलफूल, सागसब्जी र अन्नसँग खानुहोस् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ