२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पिसाब सङ्क्रमणबाट बचौँ

२९ भाद्र २०७५, शुक्रबार ०९:१८

कल्पना पौडेल | भदौ २९, काठमाडौँ | के तपाईँलाई शरीर चिलाउँछ, योनी पोल्ने र पिसाब फेर्दा दुख्ने समस्या छ । यदि छ भने तपाईंलाई पिसाब सङ्क्रमण भएको हुन सक्छ । यस्तो समस्या भएमा हेलचक्ताइँ नगरी चिकित्सक कहाँ उपचारका लागि जानु आवश्यक छ । 

पिसाब सङ्क्रमण मिर्गौलाबाट पिसाबको थैली हुँदै पिसाबको नलीबाट बाहिर निस्कदै जुनसुकै ठाउँमा किटाणुले हुने सङ्क्रमण हो । शिक्षण अस्पताल महाराजगञ्जका युरोलोजिष्ट प्रा डा उत्तम शर्मा यौन अङ्गको सरसफाइ वा शरीरको कुनै भागमा भएको सङ्क्रमण रगतको नलीबाट त्यहाँ पुगेर पनि पिसाब सङ्क्रमण हुने बताउनुहुन्छ । 

पिसाब आउने बाटो मिर्गौला, पिसाबको थैली, पिसाबको नली पिसाब आउने बाटोमा कुनै पनि समस्या भयो वा अवरोध भएमा पिसाब जमेर सङ्क्रमण हुने उहाँको भनाइ छ । विभिन्न अवरोधका कारण पिसाब सजिलै बाहिर जान पाएन भने सङ्क्रमण हुन्छ । 

पिसाब सङ्क्रमण सबै उमेर समूहका मानिसलाई हुनसक्ने चिकित्सकहरु बताउँछन् । पुरुषमा पिसाब थैलीबाट पिसाब फर्केर माथि जान्छ, पिसाब राम्ररी निखरेको छैन वा पिसाब नली साँघुरो छ भने पनि सङ्क्रमण हुन सक्छ । 

डा शर्माले भन्नुभयो, “वृद्ध पुरुषहरुमा हुने प्रोस्टेट ग्रन्थीको कारणले पिसाब नलीलाई साँघुरो बनाउदै लैजाँदा पिसाब सङ्क्रमण हुने धेरै सम्भावना रहन्छ ।” तुलनात्मक रुपमा हेर्ने हो भने पुरुषलाई भन्दा महिलालाई पिसाबको सङ्क्रमण बढी हुने गर्छ । 

महिलाहरुको पिसाब नली सानो हुन्छ भने पुरुषको नली लामो हुने भएकाले बाहिरी सङ्क्रमण पुरुषलाई कम हुने चिकित्सकको भनाइ छ । स्त्रीरोग विशेषज्ञ डा अचला वैद्यले पिसाब नली, महिनावारी हुने नली र दिसा गर्ने नली सँगसँगै हुने भएकाले बाहिरी सङ्क्रमण छिटो हुने सम्भावना रहने बताउनुभयो । 

फोहोर चर्पी प्रयोग गर्दा, भित्री कपडा, महिनावारीमा प्रयोग कपडा पनि सफा नभएमा पिसाबसम्बन्धी सङ्क्रमण हुने चिकित्सकको भनाइ छ । पर्याप्त पानी पिउने, योनी सफा राख्ने, पिसाबलाई धेरै समय नरोक्ने, चिलाउने, पोल्ने समस्या भएमा चिकित्सकलाई देखाउने गर्नुपर्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक