2026-07-25 05:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिक्षा व्यावसायिक र प्राविधिक हुनुपर्छ: रक्षामन्त्री पोखरेल

भदौ ३०, काठमाडौँ | उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले विकास र समृद्धिका लागि तीनै तहका सरकारले एउटै लयमा अघि बढ्नु पर्ने आवश्यकतामा जोड दिनुभएको छ । भीमसेनगोलास्थित मोर्डन कन्या मल्टिपल कलेजको आज आयोजित १२ वार्षिकोत्सव समारोहमा उहाँले ठूलो राजनीतिक परिवर्तनपछि गठन भएका सरकार विकास र समृद्धिका लागि एकसाथ हिँड्नु पर्नेमा लय मिलेको जस्तो नदेखिएको उल्लेख गर्नुभयो । 

उपप्रधानमन्त्री पोखरलले भन्नुभयो, “संविधानमा लेखिएका विषय कानून बनाएर सम्बोधन गर्न, मुलुकलाई असहजताबाट सहजतातर्फ लैजान प्रत्येक सरकारले लय मिलाएर काम गर्नुपर्छ, त्यसका लागि सरकार हिम्मतका साथ अघि बढ्ने कोशिस गरिरहेको छ ।” 

सत्तरी प्रतिशत व्यावसायिक र प्राविधिक शिक्षामा जोड दिने ढङ्गबाट वर्तमान शिक्षा नीतिलाई परिमार्जन गर्न सरकारले तयारी गरिरहेको बताउँदै उहाँले दुरदराजबाट काठमाडाँै आएका छात्रालाई सस्तो शुल्क लिई नारी शिक्षाको उन्नयनमा मोर्डन कलेजले विशिष्ठ योगदान दिँदै आएको बताउनुभयो । 

संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले नारी शिक्षालाई सबैले प्रेरित गर्न आवश्यक रहेको धारणा राख्नुभयो । कलेज सञ्चालक समितिका अध्यक्ष प्राडा रामप्रसाद दाहालले शिक्षासेवीको प्रेरणाबाट मुलुकको नारी शिक्षामा योगदान दिन सकियोस् भन्ने उद्देश्यले अन्यन्तै न्यून शुल्कमा छात्रालाई समय सुहाउँदो शिक्षा प्रदान गर्दै आएको जानकारी दिनुभयो । 

राजनीतिक क्षेत्रमा सक्रिय रहेर पनि नारी शिक्षाको विकासका लागि विभिन्न जिम्मेवारीमा रहँदा पु¥याएको विशिष्ट योगदानको कदर गर्दै कलेजले समारोहमा उपप्रधानमन्त्री पोखरेल र शिक्षासेवी मीरा ध्वजूलाई कदरपत्र प्रदान गरी सम्मान ग¥यो । 

समारोहमा जेहन्दार छात्रा शर्मिला थापालाई रु १० हजार राशिको स्व वेदमाया दाहाल छात्रवृत्ति प्रदान गरियो भने रु १०÷१० हजार राशिका छात्रवृत्ति सुष्मा पहाडी र सिर्जना कुमालले प्राप्त गर्नुभयो । 

समारोहमा शिक्षासेवी रमेशमोहन भट्टराई र राकेश श्रीवास्तवले छात्रा आस्था राई र सोनु गुरुङलाई पढाइका लागि वार्षिक रुपमा लागेको खर्चको रकम उपलब्ध गराउनुभयो । 

उक्त कलेजमा रहने गरी समारोहमा उपप्रधानमन्त्री पोखरेल र श्रीमती ध्वजूले रामकुमारी–मायादेवी अक्षय कोष र अञ्जु बस्नेत कार्कीले विमल–चन्द्र अक्षय कोष पुरस्कारका लागि रु दुई÷दुई लाख रकम उपलब्ध गराउनुभयो । सो अवसरमा कलेजको वार्षिक प्रकाशन अनामिका र कवि गुणराज काफ्ले शाण्डिल्यको कविता प्रवाह कृति लोकार्पण गरियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखरीमा डुबेर १२ वर्षीया बालिकाको मृत्यु भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्छ : पुष्पकमल दाहाल भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन