Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

कलंकीमा एक युवतीमाथि सामुहिक बलात्कार, नुवाकोटका एक युवकसहित ३ जना पक्राउ

By kit

असोज २, काठमाण्डौ | काठमाडौंको कलंकीमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ | बलात्कारको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त कालीमाटीमा युवती हराएको निवेदन परेपछि प्रहरीले खोजी थालेको थियो । खोजतलास गर्दा ती युवती होटलमा भेटेपछि सामूहिक बलात्कार भएको रहस्य खुलेको थियो।

युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा नुवाकोट रालुकादेवी गाउँपालिका अर्जुन लामा, काठमाडौं नागार्जुन नगरपालिकाका सूर्य राना र भीमढुङ्गा नर्सरीमा होटल सञ्चालन गर्ने रामकृष्ण नगरकोटीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।