२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

६ महिने शिशुको हत्या गरेको आरोपमा एक महिला प्रक्राउ

४ आश्विन २०७५, बिहीबार ०५:३५

असोज ४, अछाम । अछामको तुर्माखाँद गाउँपालिका–४ मा ६ महिने बालकको तेजाब खन्याएर हत्या गरिएको छ । स्थानीय गङ्गा बयक र महाबीर बयकका नाबालक मुस्कानलाई उनकै काकी जानकी बयकले हत्या गरेको आरोप लगाइएको छ । 

यही असोज २ गते बिहान ११ बजेतिर मृतककी आमा भैँसीलाई पानी खुवाउन गएको र फर्किदा बच्चा बेस्सरी कराएको सुनी हेर्दा उनको आँखा, कान, मुख सबैतिर फोका आएकाले तत्काल स्वास्थ्यचौकी र सोही दिन जिल्ला अस्पताल मङ्गलसेन पु¥याइएको थियो । मङ्गलसेनमा उपचार सम्भव नभएपछि कोहलपुर मेडिकल कलेज लैजाँदै गर्दा बुधबार बालकको बर्दिया राष्ट्रिय निकुञ्जमा मृत्यु भएको अछाम प्रहरीले जनाएको छ । 

मृतक बालकका बुबा महावीरले आफ्नै भाइबुहारी जानकी बिरुद्ध तेजाब खन्याई कर्तव्य ज्यान गरेको भनी जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि निजलाई नियन्त्रणमा लिएर हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।आरोपित महिलाले सो कसुर स्वीकार गरिसकेकी र यसबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख जनकबहादुर शाहीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य