2026-09-19 01:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाइँ घोप्टो परेर सुत्नुहुन्छ ? सावधान ! यस्तो घातक बन्ला

तपाइँ जिउलाई कस्तो पारेर सुत्नुहुन्छ ? कोल्टे, उत्तानो वा घोप्टो ? यदि घोप्टो परेर सुत्नुहुन्छ भने अबदेखि त्यसरी सुत्न छाड्नुहोस् । पछिल्लो अनुसन्धानले घोप्टो परेर पेटमा दबाब पर्नेगरि सुत्दा आकस्मिक मृत्युको खतरा उच्च हुने चेतावनी दिएको छ ।

समान्य ब्यक्तिलाई समेत यसले नकारात्मक असर पार्ने र सुत्दा छारे रोग भएका ब्यक्ति पुरै मृत्युको जोखिममा हुने यो अनुसन्धानको ठहर छ ।

अमेरिकाको शिकागो विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अनुसन्धानका क्रममा केही मात्रामा पनि छारे रोग भएका हरु भुलेर पनि घोप्टो परेर सुत्न नहुने बताए ।

अनुसन्धानका क्रममा विभिन्न २ सय ५३ वटा मृत्युका घटनाको अध्यन गरिएको थियो ।

छारे रोग लागेका मात्र नभएर सामान्य ब्यक्तिलाई पनि घोप्टो परेर सुत्दा घातक हुने देखिएको छ । छारे रोग लागेका ब्यक्ति मध्ये ७३ प्रतिशत घोप्टो परि पेट थिचेर सुतेको अवस्थामा मरेको पाहिएको उनीहरुले बताए ।

विश्वमा झण्डै ५ करोड मानिस छारे रोगबाट पीडित रहेको तथ्याङ्कले देखाउँछ । यदि घोप्टो परेर सुत्ने बानी छ भने आजै देखि छोड्नुस् ।

र यो पनि पढ्नुहोस !

सुत्ने बेलामा गर्नै हुँदैन यो गल्ती

यदि तपाइँ सुत्नु अघि स्मार्ट फोन वा ट्यावलेट वा अझ ल्यापटपमै कुनै सामग्री इ-बुक पढ्ने बानी छ भने यो हानिकारक छ । यस्तो बानी निद्रा र स्वास्थ्य दुवैलाई घातक हुने एक अध्यनले देखाएको छ ।

शोधकर्ताहरुले यस्तो बानी भए तत्काल हटाउन समेत चेतावनी दिएका छन् । हार्वर्ड मेडिकल स्कूलका चिकित्सकहरुले शोधपछि यस्तो चेतावनी दिएका हुन् ।

शोधकर्ताहरुले इ-बुक पढ्ने बानी भएकाहरु निद्रामा समस्या हुने र विहान सम्म थकित हुने गरेको पाए । तर मधुरो प्रकाश भएका इबुक पढ्दा भने त्यस्तो समस्या नहुने उनीहरुको भनाइ छ ।

स्मार्टफ़ोन, ट्यावलेट र एलईडी प्रकाशले मानव शरीरमा नकारात्मक प्रभाव पार्ने र थकानको महसुस हुने अध्यनको निष्कर्ष छ । यस्तो प्रकाशले निदाउनका लागि आवश्यक पर्ने हारमोन ‘मेलाटफनिन’ बन्न रोक्ने र यसले निद्रामा गढबढी उत्पन्न हुने अध्यनको निष्कर्ष छ ।

यो शोध नेशनल एकेडमी अफ़ साइन्सेज़ जर्नलमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई