२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब भूकम्प पीडितको सबै काम स्थानीय तहबाट

२०७५, ८ आश्विन सोमबार १७:५५

असोज ८, बनेपा (रासस) | राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प लाभग्राहीको लागि आवश्यक पर्ने काम सबै स्थानीय तहबाट गर्ने व्यवस्थाको सुनिश्चित गरेको बताउनुभएको छ । आज काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–७ स्थित सञ्जिवनी नमुना माविको नवनिर्मित भूकम्प आपत्कालीन सहायता आयोजनाअन्तर्गत निर्माणाधीन अवस्थामा रहेको भवनको अनुगमनका क्रममा उहाँले पुनःनिर्माणको सबै कामलाई अगाडि बढाउन स्थानीय तहलाई जिम्मेवारी दिइएको बताउनुभयो । 

लाभग्राही र त्यसमा नपरेकाहरुको गुनासो धेरै आइरहेको कुरालाई छिटोभन्दा छिटो सम्बोधन गर्ने र वास्तविक हो÷होइन भन्ने कुरामा समेत जनप्रतिनिधिलाई पूर्ण जानकारी हुने भएकाले सबै प्रकारको समस्याको समाधान गर्ने जिम्मा गाउँपालिका र नगरपालिकाबाट नै सम्बोधन हुने गरी कार्यविधि बनाएर अगाडि बढिसकेको बताउनुभयो । 

विद्यालय भवन पनि स्थानीय तहअन्तर्गतकै काम भएकाले सबै हेर्ने, गर्ने र संरक्षणको जिम्मा पनि स्थानीय तहको नै हुने भएकाले सबै जिम्मा दिएको उहाँको भनाइ थियो । ‘‘छिटो ढङ्गले काम गर्न र गुनासोलगायतको कामको सुनुवाइ तत्काल सम्बोधन गर्ने गरी यसअघि जिल्ला तहमा हुने गरेको काम स्थानीय तहमा नै गर्ने गरी वरिष्ठ इञ्जीनियरहरु खटाएर काम गर्ने गरी निर्णय गरेको कार्यविधि मन्त्रिपरिषद्मा गइसकेकाले पारित हुनेबित्तिकै कार्यान्वयन हुन्छ,’’ उहाँले भन्नुभयो । 

गुनासोको छिटो सम्बोधन गर्नका लागि पुनःसर्वेक्षण गर्ने प्रक्रिया अगाडि बढाएको र निश्चित समयभित्र टुङ्गो लगाउनु पर्ने भएकाले त्यसअनुसार छिटो गतिमा काम भइरहेको उहाँले जानकारी दिनुभयो । 

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनःनिर्माणको कामले गति लिएको भएपनि चाहेजति काम नभएको भन्दै त्यसको लागि लक्षित ढङ्गले कार्यक्रम बनाइरहेको बताउनुभयो । उहाँले त्यसको लागि सहज बनाउन प्रत्येक गाउँ तथा नगरपालिका तहको पुनःनिर्माण समितिलाई कार्ययोजना बनाउन आग्रह गरेका छौँ भन्नुभयो । 

काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको सञ्जीवनी नमूना माविको भवन निर्माणका लागि भूकम्प आपत्कालीन सहायता आयोजनाअन्तर्गत एशियाली विकास बैङ्कको रु नौ करोड ९८ लाख १८ हजार ५१७ सहयोग तथा शिक्षा मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइ काठमाडौँको आयोजनामा आगामी पुस १२ गते सम्पन्न गर्ने गरी तीनवटा भवन निर्माणको काम भइरहेको छ । 

काभ्रेपलाञ्चोक जिल्लामा विसं २०७२ मा भएको भूकम्पमा परी ६९० वटा विद्यालयको पाँच हजार २१० कक्षा कोठामध्ये पूर्णक्षति भएका ९५४ कक्षा कोठा, बढी क्षति भएको कक्षा कोठा ९१४ र सामान्य क्षति कक्षा कोठा एक हजार ४८३ रहेको थियो । अहिलेसम्म ८०० वटा कक्षा कोठा निर्माण कार्य सम्पन्न भएको जिल्ला कायोजना कार्यान्वयन एकाइले जनाएको छ । बाँकी कक्षा कोठा सरकार, विभिन्न सङ्घसंस्था र एशियाली विकास बैङ्कको सहयोगमा निर्माण कार्य भइरहेको इञ्जिनियर सोभित श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो