असोज १०, काठमाडौँ | जसरी २०२६ सालतिर बिपी कोइरालाले भारत निर्वासनमा बस्दा राजा महेन्द्रको सरकारसँग लड्नका लागि बटुलेको हतियार पाकिस्तानसँग छुट्टिन संघर्षरत बंगालेदशको मुक्ति बाहिनीलाई ट्रकका ट्रक पठाए । र, चालिसको दशकमा रामराजाप्रसाद सिंह अनि जनयुद्धताका प्रचण्ड—बाबुरामले भारतमा आश्रय लिए ।
अहिले के विप्लव माओवादीले पनि बंगलादेशको कुनै समुहसँग त्यस्तै खाले सम्पर्क विस्तार गरेको हो ?
यसबारे तथ्य छिट्टै सार्वजनिक होला । तर, प्राप्त दस्तावेज र खर्च विवरणहरुले त्यस्तै देखाउँछ ।
प्रहरीद्धारा बरामद विभिन्न कागजातअनुसार बंगलदेशतर्फ सैन्यसम्बन्धी विविध सहयोगका लागि सम्पर्क र सहयोग भएको बुझिन्छ ।
हवाई मार्ग या फुलबारी नाकामध्ये कतै न कतैबाट चलखेल हुँदै गरेको दावी पुग्ने अभिलेख फेला परेको हो ।
प्रकाण्डबाट बरामद डायरीमा बंगलादेशको साथीलाई वीरबहादुरमार्फत ८ हजार र प्रविधिसम्बन्धी काममा बंगलादेश पठाएको १ लाख भन्ने हिसाब देखिएको छ ।
प्रविधि भनेको पक्कै पनि बम, विष्फोटक पदार्थ हुनुपर्छ । त्यो शीर्षकमा मात्रै ७८ लाख २४ हजार खर्च भएको छ ।
जनमुक्ति सेनातर्फ ४१ लाख ३९ हजार ६० रुपैयाँसहित जम्मा एक करोड १९ लाख ६३ हजार ६० रुपैयाँ सेना र प्रविधिमा खर्च भएको विवरण छ ।
यो ०७३ चैत ४ देखि ०७५ असार मसान्तसम्मको खर्च हो, जो खड्ग बिकको डायरीमा फेला परेको छ ।
यद्यपी अहिले वार्ताको माध्यमबाट उक्त समुहलाई टेस्ट गर्ने, प्रकाण्डलार्य ६ वटा जिल्ला घुमाईसकेको हुँदा अब त्यो उपक्रम सांकेतिक नाम भनेको त मिल्दोजुल्दो हुनुपर्ने नि । तर, नयाँ ढगबाट सैन्य अभ्यासमा लागेको विप्लव समहुले आफुसँग रहेका या संकलित हुन सक्ने हतियारलाई पार्टी पंक्तिले मात्र बुझ्ने गरी कोड नाम राखेको पाईएको छ ।
- यो खबर आज प्रकाशित जनआस्था साप्ताहिकमा छ ।