2026-09-08 01:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल भ्रमण वर्ष सन् २०२० लक्षित गरि ‘अतिथि देवो भव’ कार्यक्रम शुभारम्भ

असोज १०,काठमाडौँ । संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री  रविन्द्र अधिकारीले सन् २०२० को दशक नेपाल भ्रमणको दशक भएको बताएका छन् ।‘नेपाल पर्यटन पत्रकार महासंघ’को आयोजनामा ‘अतिथि देवो भव’ कार्यक्रमको उत्घाटन गर्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् । 

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउन लागेको अवसरमा त्यसलाई सहयोग पुग्ने गरि महासंघले कार्यक्रम घोषणा गरेकोले सरकारले सक्दो सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त्त गरे । विश्व बजारमा नेपालका पर्यटकीय गन्तव्यको चिनारी गर्नुपूर्व आन्तरिक पर्यटन प्रवर्द्धन तर्फ पनि ध्यान जानुपर्ने उनले बताए ।अतिथि देवो भव कार्यक्रमलाई समाज र संकृतिसंग जोड्दै विद्यालय र विश्वविद्यालय तह मार्फत प्रचार प्रसारमा लैजानुपर्ने मन्त्री अधिकारीले बताए ।

संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री  रविन्द्र अधिकारीले तीन वटा झन्डा सहितको प्रतिक चिन्ह नेपाल पर्यटन पत्रकार महासंघका अध्यक्ष धनीराम शर्मालाई हस्तान्तरण गरि कार्यक्रमको उत्घाटन गरिएको हो ।  सिंहदरबारबाट शुरु गरिएको  राष्ट्रिय अभियान सातै वटै प्रदेश र ७७ जिल्लाका गाउँ गाउँ सम्म संचालन गरिने अध्यक्ष शर्माले जानकारी दिए । अबको यात्रा आर्थिक रुपान्तरण सहितको परिवर्तन हो जसका लागि पर्यटन पत्रकारले कलमको माध्यमबाट सहयोग गर्नेछन् अध्यक्ष शर्माले भने ”सरकारको नीति तथा कार्यक्रमलाई समेत कार्यान्वयन गरि सफल बनाउन यो अभियानले सार्थकता दिलाउँछ ।”

कार्यक्रममा बोल्दै होटल एसोसिएसन नेपाल हानका प्रमुख कार्यकारी अधिकृत टेक महतले पर्यटन प्रचारका सामाग्रीलाई विविधिकरण गर्दै स्थानीय र अन्तर्राष्ट्रिय भाषाबाट पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्नुपर्ने बताए ।  उनले पर्यटन क्षेत्रलाई राष्ट्रीय प्राथमिकता प्राप्त क्षेत्रको रुपमा घोषणा गरि लगानी बढाउन सरकारको ध्यानाकर्षण गरे ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने निर्णय गरि २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल