२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल भ्रमण वर्ष सन् २०२० लक्षित गरि ‘अतिथि देवो भव’ कार्यक्रम शुभारम्भ

१० आश्विन २०७५, बुधबार १६:३३

असोज १०,काठमाडौँ । संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री  रविन्द्र अधिकारीले सन् २०२० को दशक नेपाल भ्रमणको दशक भएको बताएका छन् ।‘नेपाल पर्यटन पत्रकार महासंघ’को आयोजनामा 'अतिथि देवो भव' कार्यक्रमको उत्घाटन गर्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् । 

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउन लागेको अवसरमा त्यसलाई सहयोग पुग्ने गरि महासंघले कार्यक्रम घोषणा गरेकोले सरकारले सक्दो सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त्त गरे । विश्व बजारमा नेपालका पर्यटकीय गन्तव्यको चिनारी गर्नुपूर्व आन्तरिक पर्यटन प्रवर्द्धन तर्फ पनि ध्यान जानुपर्ने उनले बताए ।अतिथि देवो भव कार्यक्रमलाई समाज र संकृतिसंग जोड्दै विद्यालय र विश्वविद्यालय तह मार्फत प्रचार प्रसारमा लैजानुपर्ने मन्त्री अधिकारीले बताए ।


संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री  रविन्द्र अधिकारीले तीन वटा झन्डा सहितको प्रतिक चिन्ह नेपाल पर्यटन पत्रकार महासंघका अध्यक्ष धनीराम शर्मालाई हस्तान्तरण गरि कार्यक्रमको उत्घाटन गरिएको हो ।  सिंहदरबारबाट शुरु गरिएको  राष्ट्रिय अभियान सातै वटै प्रदेश र ७७ जिल्लाका गाउँ गाउँ सम्म संचालन गरिने अध्यक्ष शर्माले जानकारी दिए । अबको यात्रा आर्थिक रुपान्तरण सहितको परिवर्तन हो जसका लागि पर्यटन पत्रकारले कलमको माध्यमबाट सहयोग गर्नेछन् अध्यक्ष शर्माले भने ''सरकारको नीति तथा कार्यक्रमलाई समेत कार्यान्वयन गरि सफल बनाउन यो अभियानले सार्थकता दिलाउँछ ।"

कार्यक्रममा बोल्दै होटल एसोसिएसन नेपाल हानका प्रमुख कार्यकारी अधिकृत टेक महतले पर्यटन प्रचारका सामाग्रीलाई विविधिकरण गर्दै स्थानीय र अन्तर्राष्ट्रिय भाषाबाट पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्नुपर्ने बताए ।  उनले पर्यटन क्षेत्रलाई राष्ट्रीय प्राथमिकता प्राप्त क्षेत्रको रुपमा घोषणा गरि लगानी बढाउन सरकारको ध्यानाकर्षण गरे ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने निर्णय गरि २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता