२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

आफ्नै नातिद्वारा ९० वर्षीय हजुरआमामाथी रड प्रहार, वृद्धा गम्भीर घाइते

११ आश्विन २०७५, बिहीबार ०६:४६

असोज ११, अछाम | अछाममा एक किशोरले आफ्नै हजुरआमालाई फलामको रडले हिर्काएर घाइते बनाएका छन् । साँफेनगरपालिका चण्डिकाकी ९० वर्षीया जसु भुललाई उनकै नाती १५ वर्षीय राजन भुलले वृद्ध भत्ता लुटनका लागि फलामको रडले टाउकोमा हिर्काएर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ।

वृद्धाको टाउको र घाँटीमा गहिरो घाउ लागेको भतिजा झंकरबहादुर भुलले जानकारी दिएका छन्। असोज ७ गते भत्ता बुझेर ल्याएको थाहा पाएपछि राजनले राति पैसाका लागि वृद्धा हजुरआमालाई मरणासन्न हुने गरी कुटपिट गरी बारीमा फ्याकेका थिए। उनलाई बारीमा रोइरहेको अवस्थामा आफन्तले उद्धार गरेको प्रहरीले जनाएको छ।

घाइते वृद्धाको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा आठ टाँका लागेका छन् भने घाँटी तथा शरीर भरी नीलडाम छन्। वृद्धभत्ता ल्याएको थाहा पाएर घरमा कोही नभएको अवस्थामा भत्ता लुट्नका लागि कुटपिट गरेको पक्राउ परेका भुलले स्वीकार गरेका छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य