Skip to content
Friday, July 17, 2026 Nepali Online Media

आफ्नै नातिद्वारा ९० वर्षीय हजुरआमामाथी रड प्रहार, वृद्धा गम्भीर घाइते

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>असोज ११, अछाम | अछाममा एक किशोरले आफ्नै हजुरआमालाई फलामको रडले हिर्काएर घाइते बनाएका छन् । साँफेनगरपालिका चण्डिकाकी ९० वर्षीया जसु भुललाई उनकै नाती १५ वर्षीय राजन भुलले वृद्ध भत्ता लुटनका लागि फलामको रडले टाउकोमा हिर्काएर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ।<br></p><p>वृद्धाको टाउको र घाँटीमा गहिरो घाउ लागेको भतिजा झंकरबहादुर भुलले जानकारी दिएका छन्। असोज ७ गते भत्ता बुझेर ल्याएको थाहा पाएपछि राजनले राति पैसाका लागि वृद्धा हजुरआमालाई मरणासन्न हुने गरी कुटपिट गरी बारीमा फ्याकेका थिए। उनलाई बारीमा रोइरहेको अवस्थामा आफन्तले उद्धार गरेको प्रहरीले जनाएको छ।</p><p>घाइते वृद्धाको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा आठ टाँका लागेका छन् भने घाँटी तथा शरीर भरी नीलडाम छन्। वृद्धभत्ता ल्याएको थाहा पाएर घरमा कोही नभएको अवस्थामा भत्ता लुट्नका लागि कुटपिट गरेको पक्राउ परेका भुलले स्वीकार गरेका छन्।&nbsp;</p>