२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाइँमा पिसाब पोल्ने समस्या छ ? सावधान ! यी गम्भीर रोगको संकेत पनि हुनसक्छ

११ आश्विन २०७५, बिहीबार ०९:१७

जानकारी:- मानव शरीरका सम्पूर्ण विकारहरु बाहिर निकाल्ने जम्मा दुई उपाय छन् । एउटा पित्तबाट र अर्को मुत्रनलीबाट । मुत्रनलीबाट निस्किने पिसाबले हाम्रो शरीरका सबै प्रकारका नचाहिने तत्वलाई बाहिर निकाल्छ । तर, पिसाबमै खराबी आउँदा वा सहज ढङ्गले पिसाब नहुँदा हाम्रो शरीरको सम्पूर्ण प्रणाली (होमियोस्ट्यासिस) नै खराब हुन जान्छ ।

पिसाब गर्दा पोल्ने, पिसाब गाढा पहेँलो हुने, पिसाबमा रगत देखिने अथवा पिसाब फेर्न गाह्रो हुने समस्याबाट धेरै मानिस पीडित हुन्छन् । सामान्यतया एउटा स्वस्थ  

व्यक्तिले २४ घण्टामा डेढदेखि २ लिटरसम्म पिसाब फेर्नुपर्छ । त्यति मात्रामा पिसाब भएन भने पिसाबमा केही समस्या छ भन्ने बुझ्नुपर्छ। यस्ता समस्या एउटा बिनारोग र अर्को रोग लाग्दा देखिन्छ।

बिनारोग आउने समस्या

शरीरमा पानीको मात्रा कम भएमा बिनारोग पनि पिसाब फेर्दा पोल्ने, थोरै पिसाब हुने र गाढा पहेँलो पिसाब आउने हुन्छ । प्रायःजसो गर्मी याममा जाडो महिनाभन्दा कम पिसाब आउँछ । गर्मीमा पसिनाका कारण शरीरमा पानीको मात्रा घट्ने हँुदा पिसाबको मात्रा कम भएको हो । यसकारण गर्मी याममा आफूलाई सहज हुने गरी पर्याप्त मात्रामा पानी पिउँदा यस्ता समस्याबाट बच्न सकिन्छ । केहीमा पिसाब अडिने ठाउँको गडबडी (डिसफङ्सनल भोइडिङ) का कारण पनि पिसाबमा समस्या देखिन्छ । पिसाब फेर्ने समय नमिल्दा र पिसाब लागेको समयमा धेरै बेर रोकेर बस्दा यस्ता समस्या आउँछन् ।

रोगका कारण आउने समस्या

विभिन्न रोगका कारण पिसाबमा समस्या देखिन्छ । पर्याप्त मात्रामा पानी पिउँदा पनि पिसाबमा गडबडी देखियो भने शरीरमा केही समस्या छ भन्ने बुझ्नुपर्छ । विविध रोगका कारण पिसाबमा गढबडी देखिन्छ।

१. संक्रमण

प्रायःजसो पुरुषहरुमा प्रोस्ट्रेट ग्रन्थीमा इन्फेक्सन भएपछि पिसाबमा गडबडी हुने र पिसाब फेर्दा पोल्ने हुन्छ । पिसाब थैली र मुत्रनलीमा संक्रमण हुँदा पनि यस्तो समस्या भएको पाइन्छ । महिलाहरुमा भने मुत्रनलीको लम्बाइ पुरुषकोभन्दा सानो हुने हुँदा यौनांग र मलद्वारबाट पिसाब माथि सर्न सक्ने भएकाले संक्रमण हुने सम्भावना बढी हुन्छ । प्रोस्ट्रेट ग्रन्थी उमेर अनुसार बढ्दै जाने भए पनि सबै उमेर समूहकालाई ब्याक्टेरियल इन्फेक्सन हुने सम्भावना रहन्छ ।

२. ट्युमर

पिसाबथैलीमा हुने ट्युमरका कारण पनि छिन–छिनमा पिसाब लाग्ने, पोल्ने र पिसाब फेर्न गाह्रो हुने जस्ता समस्या देखिन्छन् । पिसाबमा रगत देखिया भने पिसाबथैलीमा ट्युमर हुन सक्छ भन्ने बुभ्mनुपर्छ । ट्युमरको कारण मात्र नभई स्टोनको कारणले पनि पिसाब फेर्दा रगत आउन सक्छ भने सोझै किड्नीबाट पनि रगत बगेको हुन सक्छ । यस्तो अवस्थामा जतिसक्दो चाँडो चिकित्सकको परामर्श लिनुपर्छ ।

३. यौनरोग

यौन रोगका कारण पनि पिसाबमा गडबडी आउँछ । यस्तै, टिबी रोग भएका बिरामीलाई पनि पिसाब फेर्दा पोल्ने हुन्छ ।

४. इन्ट्रेस्टिसियल सिस्टाइटिस

पिसाबथैलीको भित्री पत्रमा खराबी आएमा पनि पिसाबमा समस्या देखिन्छ । मेडिकल भाषामा यसलाई इन्ट्रेस्टिसियल सिस्टाइटिस भनिन्छ । कुनै पनि चेकजाँचबाट केही पत्ता लागेन तर समस्या उस्तै रह्यो भने इन्ट्रेस्टिसियल सिस्टाइटिस भएको अनुमान गर्न सकिन्छ ।

५. क्रोनिक प्रोस्टाटाइटिस

केही पुरुषहरुमा क्रोनिक प्रोस्टाटाइटिसका कारण पनि पिसाबमा समस्या देखिन्छ । प्रोस्ट्रेट ग्रन्थीमा लामो समयदेखिको संक्रमणलाई क्रोनिक प्रोस्टाटाइटिस भनिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक