२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाइँमा पिसाब पोल्ने समस्या छ ? सावधान ! यी गम्भीर रोगको संकेत पनि हुनसक्छ

२०७५, ११ आश्विन बिहीबार ०९:१७

जानकारी:- मानव शरीरका सम्पूर्ण विकारहरु बाहिर निकाल्ने जम्मा दुई उपाय छन् । एउटा पित्तबाट र अर्को मुत्रनलीबाट । मुत्रनलीबाट निस्किने पिसाबले हाम्रो शरीरका सबै प्रकारका नचाहिने तत्वलाई बाहिर निकाल्छ । तर, पिसाबमै खराबी आउँदा वा सहज ढङ्गले पिसाब नहुँदा हाम्रो शरीरको सम्पूर्ण प्रणाली (होमियोस्ट्यासिस) नै खराब हुन जान्छ ।

पिसाब गर्दा पोल्ने, पिसाब गाढा पहेँलो हुने, पिसाबमा रगत देखिने अथवा पिसाब फेर्न गाह्रो हुने समस्याबाट धेरै मानिस पीडित हुन्छन् । सामान्यतया एउटा स्वस्थ  

व्यक्तिले २४ घण्टामा डेढदेखि २ लिटरसम्म पिसाब फेर्नुपर्छ । त्यति मात्रामा पिसाब भएन भने पिसाबमा केही समस्या छ भन्ने बुझ्नुपर्छ। यस्ता समस्या एउटा बिनारोग र अर्को रोग लाग्दा देखिन्छ।

बिनारोग आउने समस्या

शरीरमा पानीको मात्रा कम भएमा बिनारोग पनि पिसाब फेर्दा पोल्ने, थोरै पिसाब हुने र गाढा पहेँलो पिसाब आउने हुन्छ । प्रायःजसो गर्मी याममा जाडो महिनाभन्दा कम पिसाब आउँछ । गर्मीमा पसिनाका कारण शरीरमा पानीको मात्रा घट्ने हँुदा पिसाबको मात्रा कम भएको हो । यसकारण गर्मी याममा आफूलाई सहज हुने गरी पर्याप्त मात्रामा पानी पिउँदा यस्ता समस्याबाट बच्न सकिन्छ । केहीमा पिसाब अडिने ठाउँको गडबडी (डिसफङ्सनल भोइडिङ) का कारण पनि पिसाबमा समस्या देखिन्छ । पिसाब फेर्ने समय नमिल्दा र पिसाब लागेको समयमा धेरै बेर रोकेर बस्दा यस्ता समस्या आउँछन् ।

रोगका कारण आउने समस्या

विभिन्न रोगका कारण पिसाबमा समस्या देखिन्छ । पर्याप्त मात्रामा पानी पिउँदा पनि पिसाबमा गडबडी देखियो भने शरीरमा केही समस्या छ भन्ने बुझ्नुपर्छ । विविध रोगका कारण पिसाबमा गढबडी देखिन्छ।

१. संक्रमण

प्रायःजसो पुरुषहरुमा प्रोस्ट्रेट ग्रन्थीमा इन्फेक्सन भएपछि पिसाबमा गडबडी हुने र पिसाब फेर्दा पोल्ने हुन्छ । पिसाब थैली र मुत्रनलीमा संक्रमण हुँदा पनि यस्तो समस्या भएको पाइन्छ । महिलाहरुमा भने मुत्रनलीको लम्बाइ पुरुषकोभन्दा सानो हुने हुँदा यौनांग र मलद्वारबाट पिसाब माथि सर्न सक्ने भएकाले संक्रमण हुने सम्भावना बढी हुन्छ । प्रोस्ट्रेट ग्रन्थी उमेर अनुसार बढ्दै जाने भए पनि सबै उमेर समूहकालाई ब्याक्टेरियल इन्फेक्सन हुने सम्भावना रहन्छ ।

२. ट्युमर

पिसाबथैलीमा हुने ट्युमरका कारण पनि छिन–छिनमा पिसाब लाग्ने, पोल्ने र पिसाब फेर्न गाह्रो हुने जस्ता समस्या देखिन्छन् । पिसाबमा रगत देखिया भने पिसाबथैलीमा ट्युमर हुन सक्छ भन्ने बुभ्mनुपर्छ । ट्युमरको कारण मात्र नभई स्टोनको कारणले पनि पिसाब फेर्दा रगत आउन सक्छ भने सोझै किड्नीबाट पनि रगत बगेको हुन सक्छ । यस्तो अवस्थामा जतिसक्दो चाँडो चिकित्सकको परामर्श लिनुपर्छ ।

३. यौनरोग

यौन रोगका कारण पनि पिसाबमा गडबडी आउँछ । यस्तै, टिबी रोग भएका बिरामीलाई पनि पिसाब फेर्दा पोल्ने हुन्छ ।

४. इन्ट्रेस्टिसियल सिस्टाइटिस

पिसाबथैलीको भित्री पत्रमा खराबी आएमा पनि पिसाबमा समस्या देखिन्छ । मेडिकल भाषामा यसलाई इन्ट्रेस्टिसियल सिस्टाइटिस भनिन्छ । कुनै पनि चेकजाँचबाट केही पत्ता लागेन तर समस्या उस्तै रह्यो भने इन्ट्रेस्टिसियल सिस्टाइटिस भएको अनुमान गर्न सकिन्छ ।

५. क्रोनिक प्रोस्टाटाइटिस

केही पुरुषहरुमा क्रोनिक प्रोस्टाटाइटिसका कारण पनि पिसाबमा समस्या देखिन्छ । प्रोस्ट्रेट ग्रन्थीमा लामो समयदेखिको संक्रमणलाई क्रोनिक प्रोस्टाटाइटिस भनिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे