२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

प्रदेश ७ को राजधानीको बिषयलाई लिएर ११ सांसदद्वारा उजुरी

११ आश्विन २०७५, बिहीबार १२:३९

असोज ११, धनगढी । प्रदेश राजधानीको  बिषयलाई लिएर प्रदेशसभा सांसदहरुले धनगढी उपमहानगरका मेयर नृप बडमाथि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । ११ सांसदले जिप्रका कैलालीमा लिखित निवेदन नै दिएका हुन् ।

प्रदेश ७ को अस्थायी राजधानी धनगढी तोकिएको छ । तर, प्रदेश सभाले बनाएको समितिले गोदावरीलाई राजधानी सिफारिस गरेपछि धनगढीका मेयर वड आफैं आन्दोलनमा उत्रिएका छन् ।

उनकै अगुवाइमा बुधबार प्रदेशसभा अगाडि प्रदर्शन भएको थियो । त्यसक्रमा बडले प्रदेशसभामा आगो लगाउने, प्रदेश सांसदको घर जलाउने तथा भौतिक आक्रमण गर्ने धम्की दिएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् । मेयरकै कारण अपि्रय घटना हुन सक्ने अवस्था आएको भन्दै सांसदहरुले मुलुकी अपराध संहिताअनुसार कारबाही गर्न माग गरेका हुन् ।

मेयर बडले भने बिहीबार विज्ञप्ति निकालेर वन तस्कर र भूमाफियासमेत संलन भएर गोदावरी नगरपालिका ४ तेघरीको जंगलमा प्रदेश राजधानी तोक्न काम भएको भन्दै विरोध गरेका छन् ।

बडले बुधबार आक्रोसमा आएर आफूबाट केही गलत शब्द प्रयोग हुन पुगेको भन्दै माफी समेत मागेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु