2026-07-25 12:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थारु कल्याणकारिणीसभाको २२ बुँदे घोषणापत्र सार्वजनिक

असोज ११, काठमाडौँ | थारु कल्याणकारिणीसभाले आफ्नो भर्खरै सम्पन्न २२औँ राष्ट्रिय महाधिवेशनबाट पारित गरेको २२ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । 

सभाले आज पत्रकार सम्मेलन गरी यही असोज ७, ८ र ९ गते काठमाडौँमा सम्पन्न भेलाले पारित गरेको काठमाडौँ घोषणापत्र सार्वजनिक गरेको हो । 

सम्मेलनमा सभाका अध्यक्ष कर्णलाल चौधरीले वर्तमान संविधानले थारु तथा चौधरी समुदायका माग सम्बोधन नगरेको बताउनुभयो । 

“थारु कल्याणकारिणीसभाको स्थापना थारु समुदायका राजनीतिक माग सम्बोधन गर्नका लागि घएको थियो तर राज्य अहिलेसम्म थारुका माग सम्बोधन गर्न गम्भीर देखिएको छैन”, उहाँले भन्नुभयो । टीकापुर घटनालाई राजनीतिक तवरबाट सम्बोधन गर्नुपर्नेमा अध्यक्ष चौधरीले जोड दिनुभयो । 

घोषणापत्रमा टीकापुर घटनालाई राजनीतिक कोणबाट सम्बोधन गर्न पहल गर्ने, थरुहट, थारुवान संयुक्त सङ्घर्ष समितिसँग सरकारले गरेको सम्झौतालाई पालना गर्न लगाउने, पहिचानका पाँच र सामथ्र्यका चार आधारमा तराईमा तीन प्रदेश हुनुपर्ने, रेशम चौधरीको रिहाइका लागि सरकारसँग वार्ता गर्ने, टीकापुर घटनाका बारेमा तयार पारिएका प्रतिवेदन सार्वजनिक गर्न माग गर्ने लगायतका बुँदा समावेश गरिएको छ । 

‘स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ’ 

स्वतन्त्र राष्ट्रिय अभियान नेपालले स्रोत नखुलेको रकम राष्ट्रियकरण गर्न माग गरेको छ । 

अभियानका अध्यक्ष स्वागत नेपालले आज पत्रकार सम्मेलन गरी स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण नगरे कडा आन्दोलन गर्ने बताउनुभयो । “राज्यकोतर्फबाट राजनीतिककर्मीले प्राप्त गरेको सेवा सुविधाका नामका सम्पूर्ण रकम फिर्ता गरी राज्यकोषमा दाखिला गर्न माग गर्दछु”, उहाँले भन्नुभयो । 

अध्यक्ष नेपालले स्रोत नखुलेको सम्पूर्ण सम्पत्ति राष्ट्रियकरण गरे मुलुकको १० वर्षको बजेट बन्ने बताउनुभयो । “सरकारले हाम्रा माग सम्बोधन गरेन भने हामी सामाजिक आन्दोलनका लागि आग्रह गर्ने छौँ”, उहाँले भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक