Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नेपालकै ज्येष्ठ नागरिक गुरुङको निधन

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असोज १२, लेखनाथ |</b> पोखरा महानगरपालिका–३१ पचभैयास्थित सिमलडाँडा निवासी धनकुमारी गुरुङको ११५ वर्षको उमेरमा आज बिहान निधन भएको छ । सम्भवतः नेपालकै ज्येष्ठ नागरिकका रुपमा रहेकी गुरुङको आफ्नै निवासमा निधन भएको हो ।&nbsp;<br></p><p>नेपाली नागरिकताअनुसार विसं १९६० भदौ ७ गते जन्म मिति रहेको गुरुङलाई छोरा र नातिको मृत्यु भइसकेकाले ३६ वर्षीय पनाती राजु गुरुङले पालनपोषण गर्दै आउनुभएको थियो । स्वर्गीय गुरुङको शुक्रबार नै गुरुङ परम्पराअनुसार अन्तेष्ठी गरिने पारिवारिक स्रोतले बताएको छ ।</p>