२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिनाबारी पछि कुन दिनको सेक्स सबैभन्दा सुरक्षित ? जानी राखौं

१२ आश्विन २०७५, शुक्रबार ०८:१०

महिनावारी हुनु अघि र भएपछिका केही निश्चित दिनमा यौन सम्पर्क गर्नाले गर्भ रहँदैन भन्ने पुरानो मान्यता छ । जसलाई अहिलेका आधुनिक अनुसन्धानले समेत पुष्टि गरेको छ । त्यसैले विज्ञहरुले परिवार नियोजनको एउटा विकल्प अर्थात ‘सेफ सेक्स पिरियड’ भनेर मानेका पनि छन् ।

आज हामीले त्यहि कुरामा चर्चा गर्दैछौँ, कुन दिनको सेक्स सुरक्षीत हुन्छ ?

१. महिनावारी भएको पहिलो सात दिन  : महिनावारी भएको पहिलो सात दिन सुरक्षीत पिरियड हो तर यो बेला महिला शारीरिक र मानसिक रुपले पनि यौनसम्पर्क गर्नु राम्रो मानिदैन् । त्यसैले यो बेलामा यौनसम्पर्क नगरेको राम्रो ।

२. महिनावारी पछि आठौँ, नवौँ र दशौँ दिन  : यी दिनमा साधनविना गरिने सेक्स तुलनात्मक रुपमा सुरक्षित मानिन्छ  । नुसन्धानकर्ताहरुले यी दिनमा गरिने यौनसम्पर्कका बेला गर्भरहने सम्भावना कम अर्थात ४० देखि ६० प्रतिशत मात्रै रहने बताउने गरेका छन् ।

३. महिनावारी भएको ११ देखि १६ दिन :  साधनविना गरिने यो बेलाको यौनसम्पर्कले गर्भरहने सम्भावना अत्यधिक हुन्छ । विज्ञहरुले डिम्व बाहिर आएर बस्ने भएकोले यो बेलामा हुने साधनबिनाको यौनसम्पर्कले गर्भरहने सम्भावना ८० प्रतिशत सम्म रहने बताउछन् ।

४.  १७ देखि १९ दिन  : साधनविना गरिने यौनसम्पर्कमा गर्भरहने सम्भावना कम त रहन्छ तर ढुक्कै चाहि हुँदैन । विज्ञहरुले यसबेला पनि गर्भरहने सम्भावना ४० देखि ६० प्रतिशत रहने बताउछन् ।

५ . २० देखी महिनावारी नहुँदासम्मको दिन :  यसबेला साधनविना गरिने यौनसम्पर्कले अरु बेलाको तुलनामा सबैभन्दा सुरक्षित मानिन्छ । अर्थात विज्ञहरुले यतिवेला साधनविना गरिने यौनसम्पर्कले गर्भरहने सम्भावना सून्य देखि ५ प्रतिशत मात्रै रहन्छ ।

नोट : विभिन्न अनुसन्धानले सुरक्षित र असुरक्षित समय र दिन तोके पनि सबैमा यो लागू हुन्छ भन्ने छैन् । सून्य देखि ५ प्रतिशत सम्भावना जहिले पनि रहन्छ । त्यसैले परिवार नियोजनको भरपर्दो साधन अपनाउनु सबैभन्दा भरपर्दो हुन्छ । अर्कोकुरा सेफ सेक्स भनेको गर्भ नरहने समयलाई संकेत गरिएको हो । यसले एचआइभी एड्स तथा अन्य यौनरोगको सम्भावनालाई रोक्न सक्दैन् ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक