2026-07-24 10:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चाडपर्व लक्षित सुपथ मूल्य पसल: छुटपछि कुन सामानको मूल्य कति ? (मुल्य सहित)

असोज १२, काठमाडौं ।  सरकारले चाडपर्वलाई लक्षित गरेर आजदेखि सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ । सिंहदरबारस्थित एकिकृत सुपथ मूल्यको पसलको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले गरेका छन् ।

विगत वर्षहरुमा दशैं–तिहारलगायत चाडपर्वलाई लक्षित गरेर यस्ता पसलहरु सञ्चालन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले यस वर्ष पनि त्यसलाई निरन्तरता दिएको छ ।

सुपथ मूल्य पसल सञ्चालनको नेतृत्व गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उपत्यकासहित देशका विभिन्न ४७ स्थानमा यस्ता सुपथ मूल्यका पसल स्थापना गरिएको छ ।

विभागका अनुसार आजदेखि खुल्ने सुपथ मूल्य पसल कात्तिक २३ सम्म सञ्चालन हुनेछ । सिंहदरबारको एकिकृत सुपथ मूल्यको पसलबाहेक पनि नेपाल खाद्य संस्थान (डिडिसी), साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थान, विभागमा दर्ता भएका सहकारीले आ–आफ्नै तरिकाले त्यस्ता सुपथ मूल्य पसल सञ्चालन गर्नेछन् ।

विभागमा सूचिकरण भएर खुद्रा विक्रेता तथा किराना पसलले पनि सुपथ मूल्यको पसल चलाउन सक्नेछन् । त्यस्ता विक्रेतालाई खाद्य संस्थान, साल्ट ट्रेडिङ, नेशनल ट्रेडिङले आफ्ना उत्पादनमा छुट र कमिसन दिनेछन् ।

साल्ट ट्रेडिङले उपत्यकाभित्र ९ स्थानमा स्टल र तीन घुम्ती पसल सञ्चालन गर्दैछ । उपत्यका बाहिरका आफ्ना २४ डीपो तथा कार्यालयबाट पनि उसले सामान बिक्री गर्ने प्रबन्ध मिलाएको छ । खाद्यले उपत्यकाका पाँच र देशभर रहेका आफ्ना सञ्जालहरुबाट खाद्य सामग्री वितरण गर्नेछ ।  विगत वर्षहरुमा खसी तथा च्यांग्रा बिक्री गर्ने गरेको खाद्यले यस वर्ष पनि त्यसलाई निरन्तरता दिनेछ ।

खसीबोकाको बिक्री भने घटस्थापनाबाट मात्रै शुरु हुने खाद्य संस्थानले जनाएको छ । दुग्ध विकास संस्थानले पनि आफ्ना उत्पादनहरुमा छुटको व्यवस्था गरेको छ ।

 हेर्नुहोस् मूल्य सूचीः

खैरो चना (खुल्ला)  १०७/-

एसटिसी खैरो चना (प्याकेट) ११०/-

खोस्टा मुङ्ग दाल (खुल्ला) ११५/-

एसटिसी खोस्टा मुङ्ग दाल (प्याकेट) १२०/-

नेपाली राजमा (खुल्ला) १६५/-

एसटिसी नेपाली राजमा  १७०/-

भटमास ८८/-

एसटिसी भटमास (प्याकेट) ९०/-

सानो केराउ (खुल्ला)  १०५/-

एसटिसी सानो केराउ (प्याकेट) ११०/-

मुङ्ग छाँटा दाल (खुल्ला) १४०/-

एसटिसी मुङ्ग छाँटा दाल (प्याकेट) १४५/-

एसटिसी क्वाँटी (प्याकेट) १२०/-

एसटिसी मकै (प्याकेट) ९०/-

मकैग्रिट (सुजी) (प्याकेट) ६२/-

एसटिसी मिक्स दाल (प्याकेट) १२५/-

(२०० ग्राम) भान्साघर मस्यौरा (प्याकेट) २७/-

घ्यु तेलको मूल्य: 

१ लिटर – कुक सोयाबिन तेल (प्याकेट) १३७/-

१ लिटर – सेफ सनफ्लावर तेल (प्याकेट) १४७/-

१ लिटर – तृप्ती तोरी तेल (प्याकेट) १६७/-

२ लिटर – (ओरुकोग्लु सनफ्लावर तेल टर्की जार) ४२५/-

५ लिटर – ओरुकोग्लु सनफ्लावर तेल टर्की जार १०४५/-

जिरा धनिया बेसार 

५०० ग्राम – एसटिसी शुद्ध बेसार (प्याकेट) १६५ /-

२०० ग्राम – एसटिसी शुद्ध बेसार (प्याकेट) ६७/-

५०० ग्राम – एसटिसी शुद्ध खुर्सानी (प्याकेट) १६५/-

२०० ग्राम – एसटिसी शुद्ध खुर्सानी (प्याकेट) ६७/-

५०० ग्राम – एसटिसी शुद्ध धनियाा (प्याकेट) १६०/-

२०० ग्राम – एसटिसी शुद्ध धनियाा (प्याकेट) ६७/-

५०० ग्राम – एसटिसी शुद्ध जिरा (प्याकेट) २८०/-

२०० ग्राम – एसटिसी शुद्ध जिरा (प्याकेट) ११७/-

१०० ग्राम – अर्गानिक लसुन (प्याकेट) ९०/-

१०० ग्राम – अर्गानिक अदुवा (प्याकेट) ८५/-

१०० ग्राम – अर्गानिक दालचिनी (प्याकेट) ६०/-

चामल प्रति केजी मूल्य 

१. अरुवा सोना चामल रु. ४०/-

२. अरुवा जिरा चामल रु. ५५/-

३. गोरखनाथ चामल रु. ३८/-

४. अरुवा बासमति चामल रु. ८१/-

५. जापानिज चामल रु. ७५.७५/-

६. कर्णाली सिमी रु. १२०/-

७. तिते फापर रु. रु. ७०/-

दुग्ध पदार्थ 

१. घ्यु -१ लिटर) ८५०/-

२. पनीर -५०० ग्राम) ३०५/-

३. पनीर -२०० ग्राम) १२५/-

४. याम चिज -५०० ग्राम) ८००/-

५. याम चिज -२०० ग्राम) ३२०/-

६. कंचन चिज -५०० ग्राम) ५००/-

७. कंचन चिज -२०० ग्राम) २००/-

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक