2026-09-19 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

नवजागरण साकोस मन्थली १ करोड २४ लाख मुनाफा गर्न सफल

प्रज्वल पौडेल । असोज १५, रामेछाप । 

नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थलीले १ करोड २४ लाख १८ हजार ९० रुपैँया खुद नाफा कमाएको छ । शनिबार सदरमुकाम मन्थलीमा भएको २० औँ बार्षिक साधारण सभामा संस्थाका कोषाध्यक्ष जगन्नाथ दाहालले आर्थिक वर्ष २०७४/७५ को आर्थिक  प्रतिवेदन सार्वजनिक गर्दै उक्त जानकारी दिनुभएको हो ।

सहकारीले यस आर्थिक वर्षमा कूल ३१ करोड ८९ लाख ७८ हजार ७१८ रुपैँया बराबरको कारोबार गरेको छ । संस्थाले गत बर्ष ७२ लाख २१ हजार ९ सय २१ रुपैयाँ खुद मूनाफा कमाएको थियो  ।


सहकारीका अध्यक्ष श्याम थापाको अध्यक्षतामा एवम् प्रदेश नं ३ का सदस्य शान्ति प्रसाद पौडेलको प्रमुख आतिथ्तामा भएको साधारणसभामा संस्थाका सचिव सोमेश थापाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले सहकारीमा २ करोड  ५० लाख ८३ हजार २२ करोड चुक्ता शेयर र  ९७ लाख ५२ हजार  ७ सय १४ रुपयाँ बचत रहेको जानकारी दिनुभयो । सहकारीले २४ करोड ६  लाख ७९ हजार ५ सय १५ ऋण लगानी गरेको जनाएको छ । 

सहकारी संस्थामा २ हजार ५ सय १६ जना महिला र २ हजार ६ सय ७८ जना पुरुष गरी ५ हजार १ सय ९४ जना शेयर सदस्यहरु रहेका छन् । त्यस्तै सहकारीमा थप ४९ वटा संस्थागत सदस्यसमेत रहेका छन् ।


साधारण सभाले पदावधि समाप्त भएका पदहरुको पदपूर्ति समेत गरेको छ । जसमा सचिव सोमेश थापा र सदस्यहरुमा भीमसेन थापा, कुमारी माझी र शान्ता श्रेष्ठ लेखा समितिमा कविता श्रेष्ठ  रहेका छन् ।

यसैगरी कार्यक्रममा संस्थागत विकासमा सहयोग पुर्याउने अभिप्रायले नेपाल पत्रकार महासंघ रामेछापलाई एक थान डेक्सटप कम्प्युटर प्रदान गरेको छ । सहकारी क्षेत्रलाई अघि बढाउनका लागी पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउदै संस्थाले जिल्लामा क्रियाशिल पत्रकार नवराज पथिकलाई सम्मान समेत गरेको छ ।

यसैगरी बचत तथा ऋण कारोबार गर्ने उत्कृष्ट गरेर सहकारीलाई योगदान दिने २९ जना शेयर सदस्य र ४ जना जेष्ठ सदस्यलाई समेत सम्मान गरिएको सहकारीका व्यवस्थापक रमेश उदाशले जानकारी दिनुभयो । उहाँका अनुसार कक्षा १ देखि कक्षा १२ सम्म अध्ययन गर्ने ३१ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । कार्यक्रमको अन्तिम समयावधिसम्म रहने शेयर सदस्यमध्येबाट गोलाप्रथा गरि ३० जनालाई चरेसको थाल वितरण गरिएको छ । 


त्यसैगरी सहकारी अध्ययन अवलोकन भ्रमण लैजानका लागी २० जना शेयर सदस्य छनौट भएका छन् भने अन्य ५ जना वैकल्पिक सदस्यको पनि टुङ्गो लगाएको छ । सहकारीले हरेक वर्ष साधारणसभाबाट गोलाप्रथामार्फत सहकारी भ्रमणका लागी सदस्य छनोट गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई