२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश सरकारका अधिकारमा संघिय सरकारले अतिक्रमण गर्यो– मुख्यमन्त्री पौडेल

१६ आश्विन २०७५, मंगलवार १६:०८

असोज १६, हेटौंडा । तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारका अधिकारमा संघिय सरकारले अतिक्रमण गरेको आरोप लगाउनु भएको छ । तीन नंम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको आयोजानमा नदिजन्यपदार्थ ढुंगा, गिट्टी, वालुवा संकलन तथा ब्याबस्थापन सम्बन्धी अन्तरकृया कार्यक्रमलाई आज हेटौंडामा संबोधन गर्दै उहाँले प्रदेशका अधिकार संघिय सरकारले अतिक्रमण गर्दै गएको बताउनुभयो ।

जिल्ला स्तरमा रहने सिडीयो र एसपी संघिय सरकार मातहत भएपनि प्रदेश सरकार संगको सहकार्य गरेर अगाढी बढ्नुपर्ने उहाँले बताउनुभयो । अहिलेको अबस्था भनेको संक्रमण कालको अबस्था रहेको बताउँदै उहाँले भन्नुभयो–क्रसर उद्योग र नदिजन्य पदार्थको क्षेत्रमा प्रदेश सरकारले एउटा मापदण्ड बनाउँदै छौ तर यहीबेलामा घरेलु कार्यालय मार्फत संघिय सरकारले जिल्ला स्तरमा रहेका क्रसर उद्योगहरु बन्द गरिदिएको छ । अहिलेको अबस्थामा हामि संघिय सरकार संग सहकार्य गरेर मापदण्ड बनाउनेछौ ।’

स्थानिय तहका जनप्रतिनिधिहरुले आफ्ना सुझाब राख्दा ठेकेदारको भाषा बोलेकोमा आपत्ति जनाउँदै उहाँले स्थानिय तह पनि सरकार हो त्यसैले सरकारको कुरा गर्न उहाँले चेतावनी समेत दिनुभयो । मुख्यमन्त्री कार्यालयको आयोजनामा नदिजन्य पदार्थको ब्याबस्थापनका सन्धर्बमा सुझाब दिनका लागि तीन नंम्बर प्रदेशका ३२ वटा स्थानिय तहका प्रमुख तथा प्रशाकिय अधिकृतहरु धेरैले क्रसर उद्योगलाई प्रसय दिनेगरी आफ्ना कुरा राखेपछी मुख्यमन्त्री पौडेलले यस्तोकुरा बताउनुभएको हो ।

प्रदेश सरकारले बनाएका कानुन र कार्यबिधी नमान्ने भनेर केही स्थानिय तहले भनेकोमा आक्रोस ब्यक्त गर्दै मुख्यमन्त्री पौडेलले भन्नुभयो– जसले प्रदेशको कानुन मान्दैन उनिहरुका लागि प्रदेश सरकारले दिने अनुदान रोक्ने छौ । प्रदेश सरकारले संबिधानले दिएको भुमिका अनुसार कानुन निर्माण गरेका हौ । प्रदेशभरी त्यो कानुन कार्यनयन हुनुपर्छ ।’ अहिलेको अबस्थामा तीन वटा सरकार बिच समन्वय गरेर अगाढी बढ्नुको बिकल्प नभएको मुख्यमन्त्री पौडेलले बताउनुभयो । नदिजन्य पदार्थमा बषौ अघिदेखि देखिएका समस्याको दिगो समाधान गर्नका लागि प्रदेश सरकार लागिपरेको उहाँको भनाई छ ।

कार्यक्रममा तीन नंम्बर प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले नदिजन्य बस्तु अब ब्यबस्थित गर्नैपर्ने बताउनुभयो । नदिजन्य पदार्थको ओसारपसार, उत्खनन्मा अराजकता बढेकोमा उहाँले चिन्ता ब्यक्त गर्नुभयो । अब सबैको सुझाबका आधारमा अगाढी बढ्ने उहाँले बताउनुभयो । कार्यक्रममा तीन नंम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, सामाजिक बिकाश मन्त्री युवराज दुलाल, प्रमुख सचिब आनन्दराज ढकाल, जिल्ला समन्वय समितिका प्रमुखहरु, बिभीन्न स्थानिय तहका प्रमुख तथा प्रशाकिय अधिकृतहरु, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिब केबल भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका वन अधिकृत नबराज पुणासैनीले छुट्टा छुट्टै प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा मुख्यमन्त्री कार्यालयका सचिब रुद्रादेबि शर्माले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान