2026-09-14 06:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ उहिलेको पोखरा

वासुदेव पौडेल | असोज १७, पोखरा | इतिहास खोतल्दा विक्रम संवत्को १५औँ शताब्दीतिर कास्कीकोटका राजा कुलमण्डन शाहले पोखरा उपत्यकाका ठाउँठाउँमा गाई पालेका थिए । 

गाई पाले पनि औँलोको डरका कारण गोठाला बेँसीमा बस्दैनथे । गाई चरनका लागि ठूला चौर, खुला पाटन बनाइयो । विस्तारै गर्मीबाट बच्ने गरी तालका किनारमा बस्ती बस्न थाल्यो । यसबाट १६औँ शताब्दीयता पोखरामा बस्ती विकासको शुरुवात भएको सहजै अनुमान गर्न सकिन्छ । उक्त समयमा बाटुले चौर, ढुङ्गेसाँघु र बैदाममा बस्ती बस्न थालेको थियो । 

पोखराका यिनै ऐतिहासिक घटना क्रमको जानकारीका साथै उपलब्ध भएसम्मका पुराना फोटालाई सङ्कलन गरी जगन्नाथ उलक स्मृति कोषले ‘उहिलेको पोखरा’ नामक ऐतिहासिक फोटोको प्रदर्शनी कक्ष सञ्चालनमा ल्याएको छ । 

पोखराको पहिलो फोटोग्राफर तथा फोटो सामग्री निर्माता स्व जगन्नाथ उलकको स्मृतिमा उहाँका परिवारका सदस्यले कोष स्थापना गरी त्यसैका माध्यमबाट प्रदर्शनी कक्ष निर्माण गरिएको हो । कोषका अध्यक्ष सुनिल उलकका अनुसार कक्षमा पोखरा र आसपासका २०१० सालको सेरोफेरोका फोटो प्रदर्शनीमा राखिएको छ । 

स–शुल्क अवलोकन गर्ने व्यवस्था मिलाइएको कक्षमा नेपाली सर्वसाधारणका लागि टिकट दस्तुर रु ५० छ, भने विद्यार्थी र ज्येष्ठ नागरिकका लागि रु २५ छ । त्यस्तै विदेशी नागरिकका लागि रु १०० टिकट शुल्क निर्धारण गरिएको छ । 

कक्षभित्र स्व जगन्नाथ उलकले खिच्नुभएका फोटाका साथै अमेरिकी पिस कोर भोलेन्टियरले खिचेका फोटा र २०१५ सालमा उत्तर–पश्चिम नेपालको अध्ययन भ्रमणमा आएको जापानी टोलीले खिचेका फोटा छन् । भैरव टोलमा राखिएको कक्षका लागि स्थान भने नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रीय अध्यक्षसमेत रहनुभएका समाजसेवी आनन्दराज मुल्मीले निःशुल्क रुपमा उपलब्ध गराउनुभएको हो । 

“कक्षमा राखिएका फोटा पोखरेली इतिहासको जीवन्त साक्षी हुन्,” मुल्मीले भन्नुभयो,“इतिहासको अध्येताका साथै पोखरा शहरको विकास प्रक्रियाको अनुसन्धानका लागि पनि यो उत्तिकै महत्वपूर्ण बन्ने छ । 

प्रदर्शनीस्थलमा २०१२ सालमा खिचिएको पोखराको द्विप, २०१४ सालमा खिचिएको मोहोरिया टोल, भीमकाली पाटन, २०१४ सालमा खिचिएको पोखराको पहिलो फुटबल टिम, २०१६ सालमा खिचिएको नालामुखको फोटो जस्ता थुप्रै स्थान विशेषका फोटो जो कोहीलाई लोभ्याउने खालका छन् । 

त्यस्तै तत्कालीन समाज, व्यापार, बालबालिकाका खेल आदिका फोटो पनि कक्षमा अवलोकन गर्न पाइन्छ । जापानी प्राध्यापक ताकायामाले २०१५ सालमा खिच्नुभएको पोखराका प्रेमराज मुल्मीले विदेशी मुद्रा सटही गर्न बसेको तस्वीर, पिसकोर भोलेन्टियरबाट २०२० चैत महिनामा खिचिएको माझठानाका महिलाले पानी बोकेको तस्वीर, अमेरिकी नागरिक जिम फिल्ड्सले २०२२ मा खिचेको पोखराका महिलाले दाउरा बोकेको तस्वीर, अमेरिकी नागरिक वाटसनले २०१३ मा खिच्नुभएको बालविवाहको तस्वीर आदिले तत्कालीन समाजको अनुभव र अनुभूति दिलाउँछ । 

पोखरामा गाडी चल्नुभन्दा लगभग १५ वर्षअघि नै २००८ सालमा विमान अवतरण भएको थियो । तत्कालीन समयमा विमानस्थल वरपरका निर्माण, समान ढुवानीलगायतका विषयलाई पनि तस्वीरले जीवन्त चित्रण गरेका छन् । 

कक्षभित्र ४० देखि ६० वर्षसम्म पुराना पोखराका फोटा तथा डकुमेन्ट्री अवलोकन गर्न सकिने कोषका सदस्य नवीन उलकले जानकारी दिनुभयो । “पोखराको विगत जान्न चाहनेका लागि तस्वीर साक्षी प्रमाण हुन्,” उहाँले भन्नुभयो, “तत्कालीन पोखराको वास्तविकता, जीवनका भोगाइ जस्ता धेरै कुरा तस्वीरले बोलेका छन् ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ