2026-07-24 10:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पप्पुका कन्स्ट्रक्सनका अध्यक्षसहित १२ विरुद्ध ९० करोडको मुद्दा, को विरुद्ध कति ?

असोज १९, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष तथा सांसद हरिनारायण रौनियार उनका छोरा तथा हालका अध्यक्ष सुमितविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पप्पु कन्स्ट्रक्सनबाट बर्दिया सदरमुकाम गुलरिया र बार बर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेको लगायतका आरोपमा रौनियारसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

अख्तियारका सहप्रवक्ता मदन कोइरालाका अनुसार पप्पुका तत्कालीन अध्यक्ष हरिनाराणविरुद्ध १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ बिगोसहित विशेषमा मुद्दा दायर गरिएको हो । 

त्यसैगरी उनका छोरा तथा पप्पु कन्ट्रक्सनका अध्यक्ष सुमित रौनियारविरुद्ध पनि अख्तियारले  १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ नै बिगो दाबी गर्दै मुद्दा चलाएको हो । 

अख्तियारले एभरेस्ट इन्जिनियरिङ कन्सलट्यान्टका प्रोप्राइटर कृष्णदेव यादवविरुद्ध एक लख ४१ हजार २५० रुपैयाँ बिगो दाबी गर्दै मुद्दा चलाएको छ । त्यसैगरी तत्कालीन डिभिजन सडक कार्यालय नेपालगन्जका प्रमुख भानु जोशीविरुद्ध अख्तियार फरक दुईवटा बिगो दाबी गर्दै मुद्दा चलाएको छ ।

अख्तियार जोशीविरुद्ध एक लख २४ हजारको एउटा बिगो र एक करोड ९५ लाख ८८ हजार ४३७ रुपैयाँसहित जम्मा एक करोड ९७ लाख १३ हजार ४ सय ३७ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा चलाएको हो । 

त्यसैगरी यही प्रकरणमा अख्तियारले डिभिजनल सडक कार्यालयका अर्का तत्कालीन प्रमुख मनोज श्रेष्ठविरुद्ध पनि ९ करोड २४ लाख २४ हजार ९९ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा चलाएको हो । 

यो प्रकरणमा अख्तियारको अभियुक्तको सूचीमा अधिकांश डिभिजन सडक कार्यालय नेपालगञ्जका इन्जिनियर परेका छन् । यही कार्यालयका तत्कालीन प्रमुख राजेशकुमार यादवविरुद्ध पनि अख्तियारले दुईवटा बिगो दाबीसहित मुद्दा चलाएको छ । यादवविरुद्ध ७४ लख ५३ हजार २ सय ६९ रुपैयाँको एउटा र ३ करोड १४ लख १८ हजार ९ सय ७ रुपैयाँको अर्को बिगो दाबी गर्दै मुद्दा चलाइएको हो । 

त्यसैगरी डिभिजन सडक कार्यालयका तत्कालिन निमित्त प्रमुख नवराज केसीविरुद्ध पनि अख्तिायरले ६ करोड ९२ लाख ४६ हजार ९ सय १२ रुपैयाँ बिगोसहित मुद्दा दर्ता गरेको छ । 

त्यसैगरी यही कार्यालयका इन्जिनियर प्रेमप्रसाद चुवाईविरुद्ध ३ करोड १९ लाख ३८ हजार ५ सय ७९ रुपैयाँ बिगो दाबी गरिएको छ । यही कार्यालयका इन्जिनियर हरिबहादुर खड्काविरुद्ध ७ करोड ५४ लाख ४८ हजार ६१ रुपैयाँ, इन्जिनियर दीपेन्द्रबहादुर विस्टविरुद्ध १ करोड ६१ लाख ८३ हजार ४४५ रुपैयाँ, यही कार्यालयका सब-इन्जिनियर कर्मा तेन्जिङ तामाङविरुद्ध १५ करोड ८८ लाख ४ हजार ७ सय १३ रुपैयाँ बिगो दाबी गरिएको छ । 

यही कार्यालयका अर्का सब-इन्जिनियर गोविन्द गैरेविरुद्ध अख्तिायरले १ करोड ९५ लाख ८८ हजार ४३७ रुपैयाँ बिगो दाबी गरिएको छ। अख्तियारले पप्पुका तत्कालीन अध्यक्ष हरिनारायण प्रसाद साह रौनियार र उनका छोरा तथा पप्पुका अध्यक्ष सुमित रौनियारविरुद्ध समान १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ (जम्मा ३८ करोड ६३ लाख ५१ हजार ३ सय ९०)  रुपैयाँ बिगो दाबी गरिएको छ । 

अख्तियारका सह-प्रवक्ता कोइरालाका अनुसार पप्पु कन्स्ट्रक्सनले बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल निर्माणमा गुणस्तरहीन सामाग्री प्रयोग भएको भेटिएको छ। 

पुल बनाउँदा नै बाङ्गो देखिएको अवस्थामा उद्घाटन नहुँदै भत्किएको उक्त पुल निर्माणको सुरुदेखि नै कर्मचारीको मिलेमतोमा भ्रष्टाचार भएको ठहर अख्तियारले गरेको हो । 

डिभिजन सडक कार्यालय नेपालगञ्ज र पप्पु कन्स्ट्रक्सनले पोखरिया-७ को यो पुल निर्माणका लागि सम्झौता भएदेखि नै संलग्न सबै प्राविधिक कर्मचारीबाट गम्भीर लापरवाहीलाई नसच्याई त्रुटीपूर्ण कामलाई स्वीकार गरेको आरोप पनि अख्तियारको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक