३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक्कासी किन फर्किन्छ खुट्टा ? खुट्टा फर्किने भनेको के हो ?

२१ आश्विन २०७५, आईतवार ०७:३४

चिसाङ शेर्पा | खोटाङ | हामीलाई कुनै न कुनै समयमा खुट्टा फर्किने समस्याले सताउने गर्दछ । खुट्टा फर्किदा मानिसलाई असहृय पिडा हुन्छ । खुट्टाको तिघ्रानिर वा पिँडौँलाको मासु पल्टनुलाई सामान्य बोलीचालीको भाषामा खुट्टा पल्टिनु, बाउँडिनु वा खुट्टा फर्किनु भनिन्छ । प्रायः राति खुट्टा पल्टिने गदर्छ। एक्कासी तिघ्रा र पिँडौलाको मासु खुम्चिन गई राति अथवा आराम गरेको बेला खुट्टा पल्टिन्छ।

खुट्टा फर्केको समयमा मानिस एक हिसावले अपांगजस्तै हुन्छन् र हिड्न पनि सक्दैनन् । दैनिक कामकाज गरिरहेका आम मानिस यस समस्यावाट ग्रसित वनेका छन् ।  कम्मरभन्दा तल मानव शरीरका मशलहरुले स्थान परिवर्तन गर्नु नै खुट्टा फर्कनु हो । तिघ्राको मासु पल्टने अवधि केहि समयदेखि धेरै मिनेटसम्म हुने गर्छ । दुखाइ कम भएपछि एकैठाउँ डल्लो परेको मासु ठिक ठाउँमा आउन केही समय लग्छ। सबै उमेरका मनिसमा यो समस्या देखिने भए पनि प्रायः अधवैँसे तथा बुढाबुढीलाई बढी हुने गर्छ।

किन फर्किन्छन् त खुट्टा सवैलाई जिज्ञासा हुन सक्छ । जिल्ला अस्पताल खोटाङका स्वास्थ्य प्रमुख राम बहादुर केसीका अनुसार मानव शरीरमा क्यालसियम र पोटासियम नामक भिटामिन कमी भएका कारण मानिसको खुट्टा फर्कने गर्दछ । ‘एक्कासी खुट्टा फर्केमा साधरण घरैमा वसेर यसको उपचार गर्न सकिने डाक्टर केसीले जानकारी दिनुभयो ।’

अकास्मत रुपमा आईपर्ने यो समस्याले कुनै संकेत दिदैन । फलस्वरुप एकान्त तथा एक्लै भएको अवस्थामा खुट्टा फर्किने समस्याले वढी पिरोल्ने उहाँको भनाई छ । एक्कासी खुट्टा फर्किएमा आराम गर्ने, फर्केका ठाउँमा हल्का हल्लाएर मालिस गर्ने, फर्केका भागमा हिर्काएर भाईव्रेशन दिएमा खुम्चेका मशल तथा नशाहरु १० देखी २० मिनेटमा यथास्थानमा जाने गर्दछ । खुट्टा फर्किने समस्या समाधान हुन्छ ।


पोषक तत्वहरू (जस्तैः सोडियम, पोटासियम, क्याल्सियम, म्याग्नेसियम आदि) शरीरलाई आवश्यक मात्रामा उपलब्ध नहुँदा मासु पल्टिने गर्छ। यी पोषक तत्वहरूले स्नायुको सन्देश लैजान, मासु खुम्चाउन तथा मासुको कार्य राम्रोसँग गर्न सहयोग गर्छन्।

सोडियममा सकारात्मक आयोन हुन्छ जसले गर्दा स्नायुको सन्देश लैजान र मासु खुम्च्याउन सहयोग गर्छ भने क्याल्सियमले मासु खुम्च्याउन र स्नायु सन्देश निकाल्न सहयोग गर्छ। पोटासियमले सोडियम र क्लोराइडसँग मिलेर विद्युतीय सन्देश निकाल्न स्नायु र मासुलाई सहयोग गर्छ। त्यस्तै म्याग्नेसियमले मासु खुम्चँदा चाहिने शक्तिमा स्थिरता ल्याउन सहयोग पर्‍याउँछ। त्यस्तै शरीरमा भिटामिन बि १२ को कमि हुँदा पनि राति खुट्टा पल्टिन्छ।

त्यस्तै कडा ठाँउमा लामो समयसम्म उभिँदा, अग्ला हिल लगाउँदा र खुट्टामा नमिलेको जुत्ता लगाउँदा मासु थाक्न गई खुटृा पल्टिने हुन्छ । 

त्यस्तै शरीरमा प्रयाप्त मात्रामा तरल पदार्थ हुँदा यसले शरीर तथा दिमागलाई स्वस्थ बनाउन सहयोग गर्छ । यसले हाम्रो शरीरको मासुलाई पनि राम्रोसँग काम गर्न सहयोग पुर्‍याउँछ । हाम्रो शरीरको मासु ७५ प्रतिशत जति पानीले बनेको हुन्छ । यसले मासुलाई खुम्चन र खुल्न सहयोग गर्छ। यदि शरीरमा पानीको मात्रा कम भएमा खुटृा पल्टने सम्भावना बढी हुन्छ। केही जलवियोजनका कारण पनि मासुको काम गर्ने क्षमतामा कमी हुन गई खुटृा बाउँडिने गर्छ।

त्यस्तै गर्भवती महिलालाई पनि खुटृा पल्टने सम्भावना बढी हुन्छ । यस्तो समस्या गर्भवती भएको दोस्रो चौमासिकमा सुरू भई तेस्रो चौमासिकमा अन्त्य हुने गर्छ। गर्भवती अवस्थामा पाठेघरले नशा तथा रक्तनलीमा  चाप दिन खुट्टा पल्टिने हुन्छ। यदि, गर्भवती अवस्थामा पटक-पटक मासु बाउँडिन्छ भने चाहिँ तुरून्त चिकित्सकको सल्लाह लिनुपर्छ।

मधुमेहले पनि खुट्टा फर्कन सक्छ । मधुमेहका बिरामीमा यस्तो हुनु नशा खराब भएको लक्षण हो । रगतमा चिनीको मात्रा बढी हुँदा धेरै पिसाब लाग्ने हुँदा जलवियोजन हुन गएर पनि खुटृा पल्टने हुन सक्छ । त्यस्तै अत्याधिक मध्यपान गर्नेहरुलाई पनि खुटृा फर्कने समस्या हुनसक्छ । 

खुट्टा फर्कने समस्या रोकथाम गर्न के गर्ने ? 

१. प्रसस्त पानी, फलफूलको रस र दालको रस पिउने।

२. धेरै मध्यपान, कफी र सोडा सेवन नगर्ने।

३. सुत्नुअघि खुट्टालाई तन्काउँदा यो समस्या कम हुन सक्छ। सुत्नुअघि १० मिनेट साइकल चलाउँदा पनि खुट्टा फर्किने समस्या रोकिन्छ।

४. लगातार लामो समय सम्म नउभिने। अप्ठ्यारो गरेर नबस्ने साथै अप्ठ्यारो गरेर नसुत्ने।

५. सुत्दा नरम ब्ल्याङकेट र नरम ओछ्यान प्रयोग गर्ने।

६. १० देखि १५ मिनेट मासु फर्किएको छ भने मसाज गराउने।

७. खुटृा पल्टेको समयमा हिँडने अथवा मज्जाले हाँस्ने। यसले दिमागमा खुम्चने र फुक्ने सन्देश प्रवाह हुने हुँदा छिटो सन्चो हुन्छ।

८. पल्टिएको ठाँउमा तातोले सेक्ने। तातोले खुम्चिएको मासु छिटो फुक्नलाई सहयोग गर्छ।

९. पोटासियम, क्याल्सियम र म्याग्नेसियम धेरै भएका खाने कुरा (फलफूल, गेडागुडी आदि) प्रशस्त खाने।

१०. पटक-पटक खुट्टा पल्टने समस्या दोहोरिए, तुरून्त चिकित्सकको सल्लाह लिने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन