२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

द भ्वाइस अफ नेपालका कोच प्रमोदले सनुपलाई सलुट गरेपछि…

२२ आश्विन २०७५, सोमबार ०६:०९

असोज २२, काठमाडौं । नेपालको चर्चित रियालिटी शो ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ कार्यक्रममा टिभ सनुपका दुई प्रतिस्पर्धीहरु सप्तक र आशिषबिच ब्याटल राउण्डमा साँच्चिकै ब्याटल भएको भन्दै निर्णायकहरुले निकै प्रशंसा गरेका छन् ।

उत्कृष्ट प्रतिस्पर्धीहरु तयार पारेको भन्दै निर्णायक सनुपलाई निर्णायक प्रमोदले सलुट गरेका छन् । ‘मेरो टिम नभएको हुँदा मैलाई प्रेसर नहुनुपर्ने र ट्यालेन्टलाई शुभकामना मात्र दिनुपर्नेमा यस्तो उत्कृष्ट परफरमेन्स र यस्तो ट्यालेन्ट तयार पारेकोमा म कोच सनुपलाई सलाम गर्दछु,’ कोच प्रमोदले भने ।


कोच प्रमोदले सो ब्याटल राउण्डबाट अर्को चरण ‘लाइभ’मा जान नसकेका प्रतियोगी आशिषलाई टिम सनुपबाट ‘स्टील’ गरेका थिए । प्रतियोगी आशिष स्टेजबाट बाहिर गएपछि उनले निकै लामो समयपछि मात्र आशिषलाई स्टील गरेका थिए । कोच प्रमोदले यो भ्वाइसबाट बाहिर जानु भनेको हामीलाई निकै घाटा भएको भन्दै उनलाई आफ्नो टिममा स्वागत गरेका थिए ।

कोच सनुपले कोच प्रमोदलाई सम्मानमा ‘रेस्पेक्ट’ भनेका थिए भने कोच प्रमोदले उनलाई सम्मानमा ‘फ्लाईंङ किस’ फर्काएका थिए ।

‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’मा अन्य प्रतियोगी श्रेया, दिनेश, योगेन्द्र पनि अर्को चरण लाइभमा जान सफल भएका छन् । त्यस्तै अर्का प्रतियोगी सिडि बिजय अधिकारीलाई टिम प्रमोदबाट टिम दिपले स्टील गरेका थिए ।

अब ब्याटल राउण्डको केबल दुई एपिसोड मात्र बाँकी छ । सो राउण्डमा को को प्रतिस्पर्धी अगाडि जान सफल हुनेछन त्यसको लागि भने आगामी सातासम्म कुर्नै पर्ने हुन्छ ।

‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ ब्याटल राउण्डमा निर्णायक तथा कोचहरु दिप श्रेष्ठ, अभया सुब्बा, सनुप पौडेल र प्रमोद खरेलका टिमहरुका प्रतिस्पर्धीले एक आपसमा भिडन्त गरिरहेका छन् ।

‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ ब्याटल राउण्डमा छानिएका प्रतियोगीहरुमध्ये एक आपसमा ससक्तरुपमा एकै गीतमा गाएर भिडन्त गर्नुपर्छ ।

यो राउण्डमा हरेक प्रतियोगीहरुलाई कोच र कोचका सल्लाहकार टिमले प्रतियोगीहरुलाई प्रशिक्षण गरेर ब्याटल राउण्डमा तयार पारेका छन् ।

यस ब्याटल राउण्डमा चारै निर्णायकहरुको आफ्नो टिमका १२ जना प्रतियोगीहरुले एक आपसमा प्रतिस्पर्धा गरिरहेका छन् ।

नेपालमा अहिलेसम्मकै भव्य र रोमान्चक कार्यक्रमको रुपमा संचालन भईरहेको टिभिएस अपाचे दि भ्वाइस अफ नेपालले नेपाली गित संगितको क्षेत्रमा नयाँ आयाम कोर्न सफल हुने अपेक्षा गरिएको छ ।

टिभिएस अपाचे सिरिज आरटिआर दि भ्वाइस अफ नेपाललाई टिभिएस अपाचेले मुख्य प्रायोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य