2026-09-19 12:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

द भ्वाइस अफ नेपालका कोच प्रमोदले सनुपलाई सलुट गरेपछि…

असोज २२, काठमाडौं । नेपालको चर्चित रियालिटी शो ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ कार्यक्रममा टिभ सनुपका दुई प्रतिस्पर्धीहरु सप्तक र आशिषबिच ब्याटल राउण्डमा साँच्चिकै ब्याटल भएको भन्दै निर्णायकहरुले निकै प्रशंसा गरेका छन् ।

उत्कृष्ट प्रतिस्पर्धीहरु तयार पारेको भन्दै निर्णायक सनुपलाई निर्णायक प्रमोदले सलुट गरेका छन् । ‘मेरो टिम नभएको हुँदा मैलाई प्रेसर नहुनुपर्ने र ट्यालेन्टलाई शुभकामना मात्र दिनुपर्नेमा यस्तो उत्कृष्ट परफरमेन्स र यस्तो ट्यालेन्ट तयार पारेकोमा म कोच सनुपलाई सलाम गर्दछु,’ कोच प्रमोदले भने ।

कोच प्रमोदले सो ब्याटल राउण्डबाट अर्को चरण ‘लाइभ’मा जान नसकेका प्रतियोगी आशिषलाई टिम सनुपबाट ‘स्टील’ गरेका थिए । प्रतियोगी आशिष स्टेजबाट बाहिर गएपछि उनले निकै लामो समयपछि मात्र आशिषलाई स्टील गरेका थिए । कोच प्रमोदले यो भ्वाइसबाट बाहिर जानु भनेको हामीलाई निकै घाटा भएको भन्दै उनलाई आफ्नो टिममा स्वागत गरेका थिए ।

कोच सनुपले कोच प्रमोदलाई सम्मानमा ‘रेस्पेक्ट’ भनेका थिए भने कोच प्रमोदले उनलाई सम्मानमा ‘फ्लाईंङ किस’ फर्काएका थिए ।

‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’मा अन्य प्रतियोगी श्रेया, दिनेश, योगेन्द्र पनि अर्को चरण लाइभमा जान सफल भएका छन् । त्यस्तै अर्का प्रतियोगी सिडि बिजय अधिकारीलाई टिम प्रमोदबाट टिम दिपले स्टील गरेका थिए ।

अब ब्याटल राउण्डको केबल दुई एपिसोड मात्र बाँकी छ । सो राउण्डमा को को प्रतिस्पर्धी अगाडि जान सफल हुनेछन त्यसको लागि भने आगामी सातासम्म कुर्नै पर्ने हुन्छ ।

‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ ब्याटल राउण्डमा निर्णायक तथा कोचहरु दिप श्रेष्ठ, अभया सुब्बा, सनुप पौडेल र प्रमोद खरेलका टिमहरुका प्रतिस्पर्धीले एक आपसमा भिडन्त गरिरहेका छन् ।

‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ ब्याटल राउण्डमा छानिएका प्रतियोगीहरुमध्ये एक आपसमा ससक्तरुपमा एकै गीतमा गाएर भिडन्त गर्नुपर्छ ।

यो राउण्डमा हरेक प्रतियोगीहरुलाई कोच र कोचका सल्लाहकार टिमले प्रतियोगीहरुलाई प्रशिक्षण गरेर ब्याटल राउण्डमा तयार पारेका छन् ।

यस ब्याटल राउण्डमा चारै निर्णायकहरुको आफ्नो टिमका १२ जना प्रतियोगीहरुले एक आपसमा प्रतिस्पर्धा गरिरहेका छन् ।

नेपालमा अहिलेसम्मकै भव्य र रोमान्चक कार्यक्रमको रुपमा संचालन भईरहेको टिभिएस अपाचे दि भ्वाइस अफ नेपालले नेपाली गित संगितको क्षेत्रमा नयाँ आयाम कोर्न सफल हुने अपेक्षा गरिएको छ ।

टिभिएस अपाचे सिरिज आरटिआर दि भ्वाइस अफ नेपाललाई टिभिएस अपाचेले मुख्य प्रायोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो