२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वडाध्यक्षले नै पटक पटक यौन दुर्व्यवहार गरेको खुलासा !

२३ आश्विन २०७५, मंगलवार १२:१३

चिसाङ शेर्पा | असोज २३, खोटाङ | खोटाङमा वडाध्यक्षले जर्वजस्ती यौन दुव्र्यवहार गरेको रहस्य खुलेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ चिउरीडाँडाकी ३३ वर्षीय महिलालाई सोही नगरपालिका वडा नं. ८ का वडाध्यक्ष लिला चौहानले जर्वजस्ती यौन दुव्र्यवहार गर्ने गरेको रहस्य खुलेको हो ।  

यहि असोज १६ गते राती आफु बस्दै आएको घरमा सुतीरहेको अवस्थामा ढोका ढकढकाएको र छिमेकी सम्झी ढोका खोलेर हेर्दा पिडक चौहान रहेको र उनले गोप्य कुरा छ भन्दै आफ्नो मन्जुरी विना अंगालो हाल्दै वक्षस्थलमा समाएर जर्वजस्ती गर्न खोजेको पिडीत महिलाले बताईन् । जर्वजस्ती प्रयासको प्रतिकार गरी भागेर घर नजिकैको कोदोबारीमा लुक्न सफल भएको र उल्टै घट्नाको बारेमा कसैलाई भनेमा राम्रो नहुने भन्दै ज्यान मार्ने धम्कि दिएको उनले सुनाईन् ।

पिडीत महिलाका अनुसार यसअघि पनि २०७४ पुस १८ गते साँझ ७ वजेको समयमा घरमा आएको र डिउ खाउ भनेपछि आफुले दुईवटा गिलास दिएको र उनैले गिलासमा सारेको तर, रक्सी भएकाले आफूले नखाएको र उनी रक्सी पिउदै विभिन्न प्रसंगमा गफिन थालेको र साईनोले नाती पर्ने पिडकलाई खाना दिएर राती ८ वजे भाडा माझी रहेको अवस्थामा पछाडीदेखी वक्षस्थल लगायत अन्य संबेदनशील अंगहरुमा जर्वजस्ती छोएर यौन दुव्र्यवहार गर्न खोजेको थियो । त्यो समयमा जर्वजस्ती वक्षस्थल समाई दिएको र उम्कने प्रयास गर्दा निलडाम नै भएर विरामी समेत भएको उनले सुनाईन् । 

सो समयमा गाउँका गन्यमान्यलाई निजबाट दुव्र्यवहार भएको समस्या राखेता पनि आगामी दिनमा त्यस्तो नहुने तथा पार्टीकै बेइज्ज्त हुने भनेर गाउँमा नै घट्ना मिलाईएको थियो । त्यसपछि पनि एकान्तमा भेट्दा अस्वभाविक व्यवहार देखाउने, एक्लै वाटोमा भेट्दा जहिल्यै गोप्य कुरा छ भनि बोलाउने गरेको पिडीत महिलाले बताईन् ।

समाजमा एकपटक मिलेको घट्ना आफूले विर्सेको भएपनि पुनः ९ महिनापछि जर्वजस्ती गरेर खेदो गरेपछि असोज २२ गते खोटाङ जिल्ला अदालत खोटाङमा यौन दुव्र्यवहार विरुद्ध मुद्दा दर्ता गरिएको उहाँको भनाई छ । खोटाङ जिल्ला अदालतको दर्ता नम्बर २०७५–सी–०००७ नम्बरमा पिडक चौहान विरुद्ध यौन दुव्र्यवहारको मुद्दा दर्ता भएको श्रेस्तेदार लालकुमार कार्कीले बताए । 

आफु अन्यायमा परेको र असोज १७ गते वकिलसँग परामर्श लिएर अदालतमा सोमबार मुद्दा दर्ता गराएपछि घट्ना मिलाउन बारम्बार नेताहरुको फोन आउने गरेको पिडित महिलाले बताईन् । बैदेशिक रोजगारीको क्रममा श्रीमान विदेशमा भएको र पेशाले आफु सोही वडामा रहेको विद्धालयको शिक्षिका भएकाले पनि पटक–पटक मानसिक टर्चर दिने गरेको उनले सुनाईन् । यतिवेला उनी न्याय माग्दै विभिन्न सञ्चार माध्यममा धाईरहेका छन् । 

यस विषयमा आफुलाई कुनै कुरा थाहा नभएको र नितान्त गलत भएको चिउरीडाँडामा वडाध्यक्ष लिला चौहानले बताए । हालसम्म मैले उहाँलाई देखेको÷भेटेको छैन मलाई फसाउनका लागि ग्रेण्ड डिजाईन गरिएको हुनसक्छ । उनले भने, ‘रिस पोख्नका लागि बनाएर मुद्दा हालेको हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो