२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सकियो सुदुरपश्चिम प्रदेशसभाको वर्षे अधिवेशन, के-के भयो काम ?

२४ आश्विन २०७५, बुधबार ०२:३८

असोज २४, धनगढी | सुदूरपश्चिम प्रदेशसभाको वर्षे अधिवेशन मङ्गलबार अन्त्य गरिएको छ । 

प्रदेशसभाको बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको सचिवालयबाट प्राप्त प्रदेशसभाको अधिवेशन अन्त्य भएको सम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो । 

गएको जेठ २ गते शुरु भएको वर्षे अधिवेशनभर ४७ दिनमा ५३ बैठक बसेको सभामुख थापाले बैठकमा जानकारी दिनुभयो । प्रदेशका नामाङ्कन र स्थायी राजधानी रहने स्थानको टुङ्गो यही वर्षे अधिवेशनले लगाएको छ । 

प्रदेशको नाम सुदूरपश्चिम प्रदेश र स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिका– २ र ४ राख्ने प्रस्ताव संसद्को दुईतिहाइले पारित गरेको थियो । 

यस्तै प्रदेशसभा गठन भएको झण्डै आठ महीनापछि प्रदेशसभामा रहेका विभिन्न समितिका सभापतिको निर्वाचन पनि यही अधिवेशनले गरेको छ । 

वर्षे अधिवेशनले स्थानीय तहको कानून निर्माण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, गाउँ तथा नगरसभा सञ्चालनसम्बन्धी विधेयक, स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्ने सम्बन्धी विधेयक, प्रदेश आकस्मिक कोष सम्बन्धी विधेयक, स्थानीय तहका पदाधिकारीको सेवा, सुविधासम्बन्धी विधेयक, मुख्यमन्त्री तथा मन्त्री र प्रदेशसभाका पदाधिकारीको सेवा सुविधासम्बन्धी विधेयक, अर्थ विधेयक, कर तथा गैरकर राजश्व लगाउने र उठाउनेसम्बन्धी विधेयकजस्ता १५ विधेयक पारित गरेको छ । 

मङ्गलबारको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले सुदूरपश्चिम प्रदेशको आर्थिक ऐन (पहिलो संशोधन) २०७५ को दफा १० लाई संशोधन गर्नेसम्बन्धी विधेयकलाई पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई पारित गरिएको छ । 

यस्तै आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले प्रस्तुत गर्नुभएको प्रशासकीय कार्यविधि नियमित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ लाई समेत बैठकले पारित गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य