२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तौल घटाउँन खोज्दा उल्टो बढ्ला ! यस्ता छन् तौल घटाउनको लागि विचार गर्नुपर्ने नियमहरु

२०७५, २७ आश्विन शनिबार १५:३८

टिप्स | वजन बढी हुनु आज भोलिको ठुलो समस्या हो । कतिपयले त वजन घटाउनको लागि भनेर घण्टौँ जिममा पसिना बिताउँछौँ । डाइटिङको नाममा आफूलाई मीठो लाग्ने खानेकुरा समेत त्यागेको पाईन्छ | तर यस्तो बानीले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पारिरहेको हुन्छ । जुन कारणले भोलिको दिनमा ठुलो समस्या निम्ताएको हुन्छ । 

तौल घटाउँदा विचार गर्नुपर्ने नियमहरु - 

कसरत पछि पानी 

एकोहोरो कसरत कहिले गर्नुहुँदैन । कसरतपछि अनिर्वाय रूपमा प्रशस्त पानी पिउनुपर्छ । कसरत गर्दा पसिना बग्ने हुँदा शरीरलाई सन्तुलित राख्न पानी आवश्यक हुन्छ । सन्तुलित पानीको सेवनले तौल घटाउन मद्दत गर्छ । 

खाली पेट कसरत नगर्ने 

तौल घटाउन खाली पेट कसरत गर्नु ठुलो गल्ति हो । प्रत्येक दिन केही नखाई लगातार कसरत गर्दा शरीरबाट शक्ति नष्ट हुन्छ । जसले गर्दा मांसपेशी कमजोर हुन सक्छ । यसरी वजन कम गर्दा स्वास्थ्य सम्बन्धी समस्या उत्पन्न समेत हुन्छ । त्यसैले केही खाएर मात्र कसरत गर्नु उपयुक्त मानिन्छ । 

८ घण्टाको सुताई 

बढी सुत्दा वजन बढ्छ भनेर धेरै मानिस कम सुत्छन्, तर शारीरिक तन्दुरुस्ती कायम राख्न कम्तीमा ८ घण्टा सुत्नु अनिवार्य छ । 

खाली पेट नबस्ने 

डाइटिङका नाममा खाली पेट बस्नु अर्को ठूलो गल्ती हो । वजन घटाउने भूत चढेपछि केही मानिस डाइटिङका नाममा बिहान–बेलुका खाना खान छोड्छन् । यस्तो बानीले सीधै पेटमा असर गर्छ । बिहान नास्ता नगरी एकैपटक धेरै खाँदा वजन घट्नुको साटो बढ्न सक्छ ।  बढी डाइटिङ गर्नुभन्दा पनि सही समयमा सही तरिकाले खानु उपयुक्त हुन्छ । 

पेटको राम्रो सफाई

पेटमा कुनै समस्या छैन भने अनुहार सधैँ हँसिलो हुन्छ, तर बिहानै कब्जियतको समस्या भयो भने शरीरमा आलस्य उत्पन्न हुन्छ । बिहानै शौच राम्रो भयो भने शरीर दिनभर स्फूर्त रहन्छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा