आजकल विश्व बिज्ञान र प्रबिधिमा दिनरात चौगुना फड्को मारिरहेको छ । विज्ञानले संसारलाइ चुनौती दिंदै निकै अगाडी बढिरहेको अवस्थामा दैनिक नयाँ कुराको आविस्कार हुँदै गएको छ । अब तपाइँ हामीले गर्भमा रहेका शिशु छोरा हो कि छोरी भन्ने कुरा थाहा पाउन त्यति गार्हो छैन ।

जुन अब सुँघेर नै थाहा पाउने एक अध्ययनले बताएको छ । युनिभर्सिटी अफ क्यालिफोर्निया तथा ड्युक युनिभर्सिटीले यो तथ्य फेला पारेको हो । उक्त नयाँ अनुसन्धानका अनुसार यदि गर्भवती महिलाको पेटमा छोरा छ भने उनको शरिरबाट एउटा भिन्न प्रकारको गन्ध आउने गर्दछ जबकि छोरी भएको अवस्थामा भिन्न प्रकारको गन्ध आउने गर्दछ । यो गन्धको आधारमा गर्भवती महिलाले छोराको जन्म दिँदैछिन् कि छोरीको जन्म दिँदैछिन् भन्ने थाहा हुन्छ ।

लीमर प्रजातिको बाँदरमा गरिएको थियो परिक्षणः

युनिभर्सिटी अफ क्यालिफोर्निया तथा ड्युक युनिभर्सिटीका वैज्ञानिकहरुले जेरेमी क्राउफोर्ड तथा क्रिस्टाइन डेराले यो कुराको परिक्षण लीमर प्रजातिको बाँदरमा गरेका छन् । यी दुबै वैज्ञानिकहरुले यो शोध रोयल सोसाइटी जर्नल बायोलोजी लेटर्समा छापेका छन् । डेली मेल स्रोत मा उल्लेख गरिएको छ ।

ब्लड हर्मोनमा हुँदैछ परिवर्तनः

गर्भावस्थाको दौरान महिलाहरुको हर्मोनमा थुप्रै प्रकारको परिवर्तन हुने वैज्ञानिकहरुले आफ्नो शोधमा पाएका छन् । यदि गर्भमा छोरा छन् भने यसको परिवर्तनमा अझ बढि मात्रामा हुने गर्दछ ।

छोरा छ भने तेज गन्धः

गर्भवती लीमरको पेटमा छोरा भएको बेलामा अर्कै प्रकारको निकै तेज गन्ध निस्किएको र छोरी हुँदा हल्का गन्ध आएको अनुसन्धानको क्रममा पत्ता लागेको छ ।

मानिसहरुमा पनि यस्तै सम्भवः

लीमर बाँदरमाथि गरिएको यो सफल परिक्षणका अनुसन्धानकर्ताद्वयले यस्तै मानिसहरुमा पनि सम्भव हुने बताएका छन् । यद्यपी गर्भवती महिलाको शरिरबाट निस्किएको गन्धको आधारमा छोरा÷छोरी पहिचान गर्नको लागि अहिलेसम्म कुनै पनि अनुसन्धान गरिएको छैन । - एजेन्सीको सहयोगमा