सास/ काठमाडौँ | संसारमा हरेक मानिसको इच्छा हुन्छ कि उसलाई आफ्नो मनले चाहेको ठाउँमा सजिलै जान पाइयोस्, तर आफू गएको देशमा बस्ने आफुले चाहेको समयसम्म बस्न तथा उक्त देशले सजिलै नागरिकता नदिने हुँदा मानिसको सपना त्यसै तुहिन्छ । कतिपय यस्ता उदाहरण पनि छन् कि कतिपय देशमा बस्न मन लागेका हरुले सो देशमा बिबाह गरेर पनि नागरिकता लिने गर्छन । यस्तै आज हामी तपाईलाई ९ यस्तो देशको बारेमा बताउन गई रहेका छौं जहाँ बिदेसीलाई पनि सजिलै नागरिकता दिने गरिएको छ । ति देशहरुमा परिक्षा पास गरेपछि सजिलै नागरिकता पाउन सकिन्छ… कुन-कुन हुन् त ति देश.. बिस्तारमा जानकारी लिनुहोस् :-
१. बेलीज
उत्तरी अमेरिकी देश बेलीजमा नागरिकता पाउन पनि निकै सजिलो छ । यहाँको नागरिकता पाउनको लागि यो देशमा पाँच बर्ष भने बिताउनुपर्छ । त्यसको साथै तपाईको मासिक कमाई दुई हजार डलर हुनुपर्छ । यो देशमा सामान्य स्तरका नागरिकले पनि २ हजार भन्दा बढी कमाउन सक्छन ।
रूसलाई विश्वकै शक्तिशाली देश मध्ये एक मान्ने गरिन्छ । यदी तपाइँ रुसमा बस्न चाहनुहुन्छ भने यसको लागि तपाइले एउटा परिक्षा दिनुपर्ने हुन्छ साथै केहि नीतिहरु पास गर्नुपर्ने हुन्छ । रूसमा नागरिकतालिनको लागि पहिले तपाइले कर भुक्तानी गर्नुपर्ने हुन्छ । त्यसपछी रशियन भाषा सिकाई र भाषा टेस्ट पास गर्नुपर्ने हुन्छ । यति भएपछी तपाइ जुन देशको नागरिक भए पनि तपाइले रुसमा नागरिकता प्राप्त गर्न सक्नु हुनेछ ।
३. डोमेनिकन रिपब्लिक
यदी तपाई डोमेनिक रिपब्लिकको नागरिकता लिन चाहनुहुन्छ भने तपाई त्यहाँको रियल स्टेट वा कुनैपनि बिजनेसमा २ डलर सेएर हाल्नुपर्ने हुन्छ । साथै तपाइँलाई आफ्नो नियमित कमाईको पनि प्रमाण देखाउनुपर्ने हुन्छ । यहाँको जुनसुकै ब्यबसायको बजार अमेरिका तथा युरोप भएकाले यहाँ लगानी गर्दा घाटा हुँदैन । त्यसैले बिदेशी लगानीकर्ताहरु पनि यहाँको नागरिकता लिनको लागि यस्तै बाटो अपनाउने गर्छन ।
४. इक्वेडर
तपाइँसँग एक हजार डलर छ भने र तपाइको कुनै आपराधिक कृयाकलापमा संलग्न नभएको हुनुहुन्छ भने तपाइले यो देशको नागरिकता लिन सक्नुहुन्छ । यसै साथै तपाइको आम्दानी हरेक महिना आठ समय डलर हुनुपर्छ साथै यहाँको बैंक वा रियल स्टेटमा २५ हजार डलर इन्भेस्ट हुनुपर्छ ।
५ . मेसेडोनिया
मेसेडोनियाको नागिरकताको लागि सहज मानिन्छ । यदि तपाइँ यो देशमा व्यवसाय गर्नुहुन्छ र लगानी ४ लाख यूरो छ भने तपाइले एक बर्ष भित्रै यहाँको नागरिकता पाउन सक्नुहुन्छ ।
हंगेरीमा पनि नागरिकता पाउन सहज छ । यसको लागि तपाईले हंगेरी सरकारलाई लगानी गर्नको लागि ३ लाख डलर दिनुपर्ने हुन्छ । एक पटक यो लगानी गरेपछि तपाईले २ महीना भित्र यहाँको नागरिकता दिइन्छ ।
७. पनामा
एक मेडिकल टेस्ट पास गरेपछी र पाँच बर्षसम्म पनामामा बसेपछी तपाइँले यहाँको नागरिकता पाउन सक्नुहुन्छ । यसको साथै यदि तपाई कुनैपनि पनामाको नागरिकता भएको महिला वा पुरुषसँग बिबाह गर्नुभएको अवस्थामा पनि यहाँको नागरिकता तत्काल पाउन सक्नुहुन्छ ।
८. पाराग्वे
पाराग्वेको नागरिकता पाउनको लागि तपाइँले ५ हजार २ सय डलर पाराग्वियन बैंकमा जम्मा गर्नुपर्ने हुन्छ । यसको तीन बर्षपछी तपाई यहाँको स्थाई नागरिक बन्न सक्नुहुन्छ ।
९. सेशेल्स
समुद्र र पहाडले घेरिएको सेशेल्स बस्नको लागि निकै रमाइलो र शुन्दर देश हो । यहाँको नागरिकता पनि सजिलै पाउन सकिन्छ, यसको लागि तपाइँसँग जम्मा डेढ लाख सेशेल्स करेन्सी हुनुपर्छ । यसको साथै यहाँको आर्थिक, समाजिक र सांस्कृतिक जीवनमा तपाइले योगदान दिएको हुनुपर्छ ।