३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नो जीवनसाथी र आफ्नो प्रेमिकालाइ कहिल्यै पनि सम्बन्ध तोड्छु भनि नहाल्नुस् – (६ टिप्स)

२७ आश्विन २०७५, शनिबार १७:१९

टिप्स | कहिले काहीं कतिपय कुराहरु आफ्नो जिबनसाथी वा प्रेमिकालाई नभन्दा नै राम्रो हुन्छ । यतिमात्रै होइन, प्रेमी(प्रेमिकाबीच ब्रेकअपको दर पनि बढ्दो छ । सम्बन्ध टुट्नुमा कुनै गम्भीर र ठूला कारणमात्रै नभएर स(साना कुराले पनि ठुलो भूमिका खेलिरहेको हुन्छ । आउनुस्, आज हामी आफ्नो प्रेमि(प्रेमिका वा पति(पत्नीलाई भन्नै नहुने ६ कुराको बारेमा यहाँ बताइएको छ ।

तिमीलाई त यति पनि आउँदैन है नभन्नुस् - 

तपाईंले अपेक्षा गरेको केही सामान्य काम तपाईंको जीवनसाथीले गर्न सकेन भने ‘यति पनि आउँदैन है’ भनेर नभन्नुस् । बारम्बार तपाईंले त्यस्तो भनिदिँदा उसलाई निकै नराम्रो लाग्न सक्छ । जसले सम्बन्ध टुट्ने अवस्थासम्म पुर्याउन बेर लगाउँदैन ।

 गलत शब्दको प्रयोग - 

एक सर्भेअनुसार झगडा पर्दा वा थोरै तिक्कता आउँदा गरिने गलत शब्दको प्रयोगले सम्बन्ध टुटाउन निकै भूमिका खेल्ने गरेको छ । ‘अगुल्टो पनि नठोसी बल्दैन’ भन्ने भनाइ हाम्रो समाजमा निकै प्रचलित छ । बेलाबखत झगडा हुनु स्वभाविक नै हो । तर, रिसको झोंकमा अति नै अप्रिय र अनावश्यक शब्द मुखबाट निस्किन नदिनुस्, संयमताले नै तपाईंको सम्बन्धलाई चीरस्थायी बनाउने छ । स्वभाविक नै हो । तर, रिसको झोंकमा अति नै अप्रिय र अनावश्यक शब्द मुखबाट निस्किन नदिनुस्, संयमताले नै तपाईंको सम्बन्धलाई चीरस्थायी बनाउने छ ।

कतिपय सिक्रेट आफूमै सिमित राख्नुस् - 

बाहिरी दुनियामा कोही मन पर्यो भने ऊ बारे आफ्नो जीवनसाथीलाई कहिल्यै नभन्नुस् । जसले सम्बन्धमा खलल पुर्याउन सक्छ । वास्तविक जीवनमा तपाईंको जीवनसाथी नै आफ्नो हो । बाहिरी दुनियाँमा देखिने मानिसहरु त घामछायाँजस्तै हुन्, जो जुनसुकै बेला पनि अलप हुन सक्छन् ।

बहसलाई नलम्ब्याउनुस् - 

पति(पत्नी वा प्रेमि(प्रेमिकाबीच कतिपय समयमा केही विषयमा बहस परिरहेको हुन्छ । यस्तो बहसलाई सकेसम्म नलम्ब्याएको नै राम्रो । यदि तपाईंलाई आफू ठिक छु लागेको छ भने पनि त्यसलाई पुष्टि गर्ने धुनमा बहसलाई नतन्काउनुस् । जब बहस निष्कर्षमा नै पुगेर टुंगिन्छ, त्यहाँ त एकको जित र अर्कोको हार अवश्य नै हुन्छ । यसले जित्नेमा घमण्ड र हार्नेमा बदलाभाव उत्पन्न हुन थाल्छ । जसले कालान्तरमा तपाईंको सम्बन्धमा फाटो ल्याउन सक्छ । 

तुलना गर्नबाट बच्नुस् - 


अरु कोही राम्रो मानिससँग आफ्नो जीवनसाथीलाई तुलना गर्नबाट बच्नु नै बेस हुन्छ । तिमीभन्दा त उसको यो राम्रो छ, त्यो राम्रो छ भनेर तुलना गर्नुभयो उसलाई निकै नै नराम्रो लाग्छ । तपाईंप्रतिको विश्वास डगमगाउन थाल्छ । कसैलाई पनि आफ्नो तुलना आफ्नो जीवनसाथीले अरु कसैसँग गरेको मन पर्दैन ।

सम्बन्ध तोड्छु भनि नहाल्नुस् - 

कयौं पटक आग्रह गर्दा पनि तपाईंको जीवनसाथीले तपाईंको कुरा सुन्ने नाम नै लिइरहेको छैन भने रिसको झोंकमा अलग्गिने कुरा नगरिनहाल्नुस् । पहिला उससँग धेरैभन्दा धेरै कुरा गर्ने प्रयास गर्नुस् । उसको मनको कुरा बुझ्नुस्, यसो गर्दा उसले तपाईंको कुरा किन मानिरहेको छैन भन्ने जान्न सक्नुहुन्छ । अनि विस्तारै उसकै ठाउँमा रहेर सम्झाउने कोशिस गर्नुस् । अवश्य तपाईं सफल हुनुहुनेछ । एजेन्सी । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट