2026-09-14 12:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

परम्परागत कोल लोप हुँदै

कात्तिक ६, बाजुरा प्रविधिको विकास क्रमसँगै बाजुरामा परम्परागत प्रविधिमा आधारित कोल लोप हुँदै गएका छन् । 

जिल्लाका ग्रामीण क्षेत्रमा यातायातको पहुँच बढ्दै जानु तथा विद्युत् मिलको विकाससँगै परम्परागत कोल लोप हुँदै गएका हुन् । पछिल्लो समयमा मिलको प्रयोग हुन थालेपछि परम्परागत कोल प्रयोगविहीन बन्दै जाँदा लोप हुन थालेको बडिमालीका–२ का स्थानीय हर्क महतले बताउनुभयो । 

तेलहन बालीको खेती गर्ने प्रचलनमा कमी हुँदै जानु तथा बजारमा तेल प्याकिङ गरेर आउन थालेपछि कोल हराउँदै गएको छ । बजारमा पाइने विभिन्न किसिमका प्याकिङ गरिएका खाने तेल गाउँमा सहजै उपलब्ध हुनु र तेल पेल्न पनि मिलकै प्रयोग हुन थालेपछि परम्परागत कोल प्रयोगविहीन बन्दै गएका हुन् । 

जिल्लामा सयौँको सख्यामा रहेका यस्ता कोल अहिले लोप भइसकेका छन् । गाउँघरका काठबाट हातले बनाइएका विभिन्न मेशिन हराउँदै गइरहेका छन् । परम्परागत प्रविधिमा आधारित कोलमा चिउरी, उखु, अमिलो, र तोरी पेल्ने गरिन्छ । कोलमा तेल पेल्नका लागी बढी जनशक्ति र शारीरिक श्रम बढी लाग्ने भएकाले बजारमा सजिलै तेल किन्न पाइने भएपछि कोलसँगै तेलहन बालीको खेतीसमेत लगाउन छोडेको स्थानीय औला कार्कीले बताउनुभयो । 

करीब एक दशक अगाडि जिल्लाका विभिन्न ठाउँमा सञ्चालन भइरहेका कोलको अहिले अस्तित्वसमेत देखिन मुस्किल भएको छ । आधुनिक मेशिनको बढ्दो प्रयोग र विकाससँगै सामग्रीको प्रयोग र संरक्षणमा प्रयोगकर्ताले विस्तारै कम गर्दै जाँदा अहिले ग्रामीण पहिचान नै मेटिएको छ ।  (रासस) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ