२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिलाहरूले हस्तमैथुन गर्नुको कारण यस्तो पो रहेछ !

८ कार्तिक २०७५, बिहीबार ०८:१५

सुरक्षित यौन क्रियाकलापमा पहिलो मानिन्छ हस्तमैथुन । हस्तमैथुन एकल यौन क्रियाकलाप हो । यौन क्रियाकलापका बारेमा गरिएका खोज अनुसन्धान अनुसार स्वास्थ्य र सम्बन्धहरूमा हस्तमैथुनका धेरै फाइदाहरू हुन्छन् । 

हस्तमैथुनबाट पुरूषहरूले मात्र होइन महिलाहरूले पनि भरपूर फाइदा प्राप्त गर्न सक्छन् । यी फाइदाहरू यस प्रकार छन् ।

१. हस्तमैथुन सामान्य क्रिया

विभिन्न अनुसन्धान  अनुसार सम्पूर्ण महिलाले आफ्नो जीवनकालमा कम्तिमा एकपटक हस्तमैथुन गरेको पाइन्छ । जसको उमेरसँग कुनै सम्बन्ध रहँदैन । हस्तमैथुन गर्दा महिलाले प्रायः औँला र विद्युतीय कम्पन दिने वस्तुको प्रयोग गरेको पाइन्छ । 

महिलाहरूले हस्तमैथुन गरेर आफ्नो यौनसाथी थाकेको बेला अथवा बाहिर गएको बेला पनि उत्तिकै सन्तुष्टि लिन सक्छन् ।

२. मनस्थिति ताजा राख्न हस्तमैथुन 

यौनसाथी बिना नै हस्तमैथुन गर्न सकिने हुनाले विभिन्न तनावबाट महिलाले मुक्ति पाउँछिन् । एकल यौन क्रियाकलापले महिलाहरूमा थप शक्ति बढाउनुको साथै उदास मनस्थितिमा सुधार ल्याउँछ । 

यो क्रियाकलाप एकल हुने हुँदा महिलाले यौनसाथीको सन्तुष्टिको चिन्ता बिना नै पूर्ण अनुभव लिन सक्छन् । आफ्नो यौनसाथीबाट चरम सुखमा पुग्न नसक्दा पनि महिलाहरू निराश हुने गर्छन् । त्यस्तो निराशाबाट मुक्ति पाउने सबैभन्दा राम्रो उपाय पनि हस्तमैथुन हो ।

३. यौनजीवनमा सुधार

कतिपय महिलाले हस्तमैथुन गर्दा आफ्नो भविष्यको यौन जीवनमा खराव असर पर्ने हो कि भनेर भ्रम र चिन्ता पालेका हुन्छन् । उनीहरूलाई आफ्नो हस्तमैथुन गर्ने बानीले यौनसाथीलाई सन्तुष्टि दिन असफल भइएला भन्ने कुराले पनि सताएको हुन्छ । तर हस्तमैथुनले यौनसाथीसँगको सम्बन्धमा सुधार ल्याउन सक्छ ।

हस्तमैथुन गर्ने महिलाले आफूलाई सन्तुष्टि मिल्ने कुराको महशुस गरेका हुन्छन् र आत्मविश्वासका साथ यौनजीवनमा साथीसँग यौनसम्पर्क राख्न सक्छन् । कतिपय अवस्थामा त आफ्नो यौनसाथीलाई यौनक्रियाका बारेमा सिकाउन पनि सक्छन् । उत्तेजनात्मक वस्तुको साथ हस्तमैथुन गर्ने महिलाको यौनजीवनमा साथीसँगको यौनसम्बन्ध राम्रो रहन्छ । अझ हस्तमैथुन गर्ने महिलाले यौनसम्पर्कका बेला आफ्नो यौनसाथीलाई भरपूर सहयोग गरेर यौनजीवनलाई अझै सफल बनाइरहेका हुन्छन् ।

४. आनन्द महसुस 

हस्तमैथुनले आनन्द लिन सहयोग गर्छ । सामान्यतया महिलाहरू बढी नै तनावग्रस्त रहने गर्दछन् । त्यसैले स्वतः आनन्द दिने क्रियाकलापबाट तनाव भङ्ग हुने हुँदा हस्तमैथुनले महिलालाई तनावरहित र आनन्दित तुल्याउँछ । 

यौनसम्पर्कबाट चरमसुख प्राप्त गर्न नसकेका महिलाले हस्तमैथुनबाट चरमसुख प्राप्त गर्ने हुनाले यो बढ्दा आनन्ददायी हुन्छ |

डा. खेम कार्की

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट