२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पछिल्लो सात महीनामा ९ जना उच्च पदस्थ अधिकारीले फेसबुक छाडे, यस्ता छन् कारण

२०७५, ८ कार्तिक बिहीबार १३:४१

कात्तिक ८, काठमाडौँ (एजेन्सीको सहयोगमा) | पछिल्लो बर्ष फेसबुकले बिबिध बिबादको सामना गर्नुपरेको छ । क्याम्ब्रिज एनालिटिका स्क्यान्डलपछी पछिल्लो सात महीनामा ९ जना उच्च पदस्थ अधिकारीहरुले फेसबुक ग्रुप छाडेका छन् । हालै पनि फेसबुकका अक्युलसका को-फाउन्डर ब्रैन्डन इराइबले कंपनी छाड्ने जनाएका छन् । अक्युलस भर्चुअल रियालिटी (भीआर) ले हेडसेट बनाउँछ र २०१४ मा फेसबुकले यसलाई करीब १२,१०० करोडमा किनेको थियो । ब्रैन्डनले फेसबुकको एग्जीक्यूटिव टीमसँग मतभेदको कारण कंपनी छाड्ने फैसला गरेका छन् । 

को-कोले छाडे फेसबुक ? 

१. जेन कूम : व्हाट्सऐपका को-फाउन्डर, फेसबुकका बोर्ड मेम्बरमा शामिल । उनले अप्रिल 2018 मा फेसबुक छाडेका थिए । फेसबुकको डाटा पोलिसीबाट असन्तुष्ट बनेका कारण उनले राजिनामा दिएका थिए ।

२. इलियट श्राज: यिनी फेसबुकका कम्युनिकेशन एन्ड पब्लिक पोलिसीका प्रमुख थिए । यिनले जून 2018 मा फेसबुक छाडेका थिए  । १० बर्षसम्म काम गरेका यिनले नयाँ कम्पनी शुरुवात गर्नको लागि फेसबुक छाडेका थिए । 

३. एलेक्स स्टमस: यिनी फेसबुकका चिफ सेक्युरिटी अफिसर थिए । यिनले स्टेफोर्ड यूनिभर्सिटीमा पढाउनुपर्ने कारण बताएर फेसबुक छाडेका थिए ।

४. डेन रोज: यिनी पार्टनरशिपको भाइस-प्रेसिडेन्ट थिए । यिनले अगस्त 2018 मा फेसबुक छाडे । आफ्नो परिवारसँग समय बिताउन भन्दै उनले कम्पनी छाडेका थिए ।

५. रशैल वेट्सटोन: यिनले टप कम्युनिकेशन एग्जीक्यूटिव पदमा फेसबुकमा काम गर्थिन । अगस्त 2018 मा फेसबुक छाडेकी यिनले नेटफ्लिक्समा पब्लिक रिलेशन अफिसरको काम पाएको भन्दै फेसबुक छाडेकी थिइन् ।

६. एलेक्स हार्डिम्यान : यिनी फेसबुकको न्यूज प्रोडक्टको प्रमुख थिइन् । यिनले पनियो अगस्त 2018 मा कम्पनि छाडिन् । कम्पनी छाड्नुको कारण द एटलांटिकमा काम पाउनु रहेको बताइएको छ ।

७. केविन सिस्ट्रोम: यिनी इंस्टाग्रामका को-फाउन्डर थिए । यिनले कम्पनी सेप्टेम्बर 2018 मा छाडेका थिए । फेसबुकका प्रमुख मार्क जकरबर्गसँग मतभेद भएका कारण उनले फेसबुक छाडेको बताइएको छ ।

८. माइक क्रीगर: यिनी पनि इंस्टाग्रामका को-फाउन्डर थिए । यिनले पनि सेप्टेम्बर 2018 मै फेसबुक ग्रुप छाडेका थिए । यिनले पनि एलेक्स हार्डिम्यानले झैं फेसबुक छाड्नुको कारण फेसबुकका प्रमुख मार्क जकरबर्गसँग मतभेद रहेको बुझिएको छ ।

९ . ब्रैंडन इराइब: अक्युलसका को-फाउन्डर हुन् । उनले हालसालै फेसबुक छाड्ने निधो गरेका हुन् । यिनले फेसबुकको एग्जीक्यूटिव टीमसँग मतभेद रहेको कारण राजिनामा दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा